पार्टीमा काम लाग्ने मान्छे !
Thursday, April 25, 2013
एक साँझ हरियो पर्दा लगाएको होटलबाट एक ब्यक्ती निस्किए । उसको हातमा बोतल थियो । उ लढुला झैँ गरेर लर्बराइ रहेको थियो | उसले दुइ तिन फेर बोतलको झोल घुट्क्यायो र तिनै पटक हाँस्यो -" हिहिहा ~~~ !" चौथो पटक अलि बढी घुट्क्यायो । ठुलो घुट्का पेटले स्टोर गर्न सकेन कि घाँटीले भित्र पठाउन सकेन । तत्काल हुलुक्क बाहिर निस्किएर मुख बाट ओरालो झर्दै घाँटीबाट बाहिर निस्कियो । उसले टोपी फुकालेर घाँटी, मुख पुछ्यो । र टोपिलाई हेर्दै भन्यो - " तैले नि दारु खाइस आज | नमात है |" त्यसपछी टोपी स्टकोटको खल्तीमा घुसार्यो र त्यहि पेटीमा बसेर बोतल भुइमा राख्यो र एउटा जुत्ता फुकालेर फालिदियो अनि -" चोर, फटाहा, डाँका, बहुला,खुस्केट भनेर तथानाम गालि गर्न थाल्यो ।
विधा :
माधब नेपाल,
लघुकथा,
लेख / ब्यङ्य,
व्यङ्ग्य
डाक्टर कु
Wednesday, April 24, 2013
शिर्षकमै नयाँ पात्रको आगमनले छक्क पर्नु भयो होला | नपर्नु पनि कसरी ? ति पात्रले हामीलाई लगातार छक्क पारीरहेका छन । भन्नुहोला सुन्दै नसुनेको नयाँ पात्र ल्याउछ अनि त्यसैले छक्क पारिरहेका बताएर उल्टै छक्क पारिदिन्छ । होइन गर्न खोज्या चै के ? मैले केहि नि गर्न खोज्या छैन | मैले किन केहि गर्न खोज्ने ? मैले गर्न खोजेर के हुन्छ ? यहा कस्ता कस्ताले के के गर्न खोजेर त केहि हुदैन | म नाथेले गर्न खोजेर के हुन्छ ? केहि नि नहुने थाहा हुदा हुदै पनि केहि गर्ने मुर्ख्याई किन गर्थे ?फेरी झोक चल्ला । भन्नु होला -" हैन किन निराशाको पैरो लडाउछस हँ ? के हुन्न गरे देखी ? त्यसै केहि हुन्न भनेर हात बाधेर बसेर हुन्छ ? गर्न सक्नेलाई के छैन यहाँ ?" हो गर्न सक्नेलाई धेरै छ । तर नसकेसी के लाग्यो । सक्न नि सकिन्थ्यो होला तर के गर्नु यहा असफल पार्ने हरु लिट्टी कसेर लाग्दा रहेछन । कस्ता कस्ता मान्छेका कस्ता कस्ता योजना त असफल पार्छन । भन्नुहोला कोल्ले कस्यो लिट्टी ? आखिर डाक्टर कु भनेकै तिनै त हुन नि । हैन को हुन ति डाक्टर कु एकजना ठुलाठुला डाक्टर त आफै असफल भैराथे मुलुकमा । यो डाक्टर कु चै को हुन र सफल भए ? आखिर डाक्टर कु तिनै असफल डाक्टर हुन जो सरकार संबिधान निर्माणमा असफल भए ।
ठुलो तामझाम झामका साथ सरकारमा गएका डाक्टरसाप खासै केहि गर्न नसकी लुसुक्क बाहिर निस्के । उनले सकेका कुराहरु केलाम्दा त लाजलाज लागेर आउछ । यति सम्मकी अरु सबैले गर्न सकेको राजिनामा समेत गर्न सकेनन तिनले । राजिनामा समेत दिन नसकी सरकार छोड्नेले के गर्न सकेहोलान भन्ने होला जस्तो लाग्नु स्वबाबिक हो तर उनले त इतिहासमै सबैभन्दा ठुलो काम गरेछन । के भन्दाखेरी उनले कु रोकी दिएछन । खुद डाक्टर कु ले नै केहि दिन अघी खुलाए । कुरो बुझाए अनुसार एक डेड बर्ष भरी एक डाक्टर कुले कु गर्न ट्राइ मारेको मारेकै रचन । अर्का डाक्टर कु ले त्यसलाई असफल पारेको पार्यै । यी डाक्टरहरुका कुरा उनीहरुकै क्रस राइटिंग जस्तै साधारण मानिसहरुले त बुझ्नै नसक्ने । भित्र भने के के भैसकेछ भै सकेछ ।
विधा :
व्यङ्ग्य
एक जुगमा एक दिन
Thursday, April 18, 2013
अघिल्लो संबिधानसभा चुनावमा रामेशको
एउटा गीत खुब हिट थियो । "एक जुगमा एक दिन एक चोटी आउछ ............. "
अहिले दोस्रो चोटी संबिधानसभा चुनाव हुन लागेकोले यो संबिधानसभा सँग त्यती म्याच
खाँदैन । तर काठमाडौं उपत्यकाको खानेपानी ब्यबस्था सँग भने ट्वाक्कै म्याच खान्छ ।
अलि परिमार्जित रुपमा ।
"एक जुगमा एक थोपा एक चोटी आउछ | ........... " यससंगै काठमाडौ
उपत्यकामा पानि आउनु भनेको एतिहासिक र अभूतपूर्व दिन बन्न थालेको छ । धारामा आउने
ध्वारारारा आवाज सबैभन्दा रमाइलो र रोमान्चक आवाज बन्न थालेको छ । र त्यो आवाज
सबैभन्दा दुर्लव र नसुनिने आवाज पनि बन्न गएको छ । किनकी त्यो धाराको टुटीबाट पानि
खस्नु सबै भन्दा दुर्लव दृश्य बनेको छ ।
अचेल प्राबिधिक त्रुटी नभएमा, मौसममा खराबी नभएमा एक महिनामा
ट्वाक्कै एक दिन पानी आउन थालेको छ । एकै महिनामा तिन तिन पटक पानि आउने कुराले
उपत्यकाबासी गद्गद् छन । अब रमाइलोको लागी चाडपर्व आउनु पर्दैन धारामा पानि आए
त्यसै उल्लास उमंग छाउछ । त्यहि पनि एक पटक होइन महिना मै ३ -३ पटक । दसैँ आउन
लागे सगै नौ हरिया दिन पहेंला जमाराहरु राखे जस्तै पानि आउने नौ दिन अघि देखि नै
तामझामका साथ हरिया पहेंला बाल्टिनहरु राख्नुको मजै बेग्लै छ । कोजाग्रत
पुर्णिमामा झैँ आधारामा पानि आउछ कि भनि रातभर जाग्राम बस्नु को रमाइलो बर्णन गरि
साध्धे छैन ।
अचेल महिनामा तिन फेरा धारामा पानी
आउदा त पानि आएको क्या रमाइलो हुन्छ । दिनभरी हासुम हासुम झैँ लाग्छ । अझै मैनामा
२ पटक वा एक पटक पानि आउन थाल्यो भने क्या गजब होला ? कति थामी नसाध्हे होला । सोच्दा पनि
त्यसै त्यसै रमाइलो लागेर आउछ । अझ पानिको आउने म्याद सर्दै गएर तिन महिनामा एक
पटक आउने होला कुनै दिन । र अहिले एक महिनामा तिन पटक आउने पानी त्यतिबेला तिन
महिनामा एक पटक आउला त्यतिबेलाको रमाइलो अझ बेग्लै । संगिनी सुइ स्टायलमा आउने
त्यो पानि एक पटक आएसी तिन महिना ढुक्क । ढुक्क सबैभन्दा केयुकेयललाइ बस एक पटक
पठाइदियो तिन महिना आराम गर्यो । अर्को ढुक्क उपभोक्तालाई पानि आउला भनेर दिनदिनै
पर्खाइमा बस्नु परेन । महिनौ पनि एक पटक
पानि थापे भो टण्टै साफ ।
विधा :
लेख / ब्यङ्य
बहुमत
तिथीमिती नतोकिएर बेवासिरे बन्दै गएको चुनावमा अहिले बहुमत ल्याउने
होड चलेको छ । तँ भन्दा म के कम भन्दै दलहरुले धमाधम बहुमत ल्याउन थालेका छन । बहुमत
ल्याउने यो प्रतिस्पर्धामा एमाओबादी, एमाले र काँग्रेस तिनै पार्टीले
बहुमत ल्याई सकेका छन । चुनाव नहुदै अचेल दलहरुले दिनमै तिन चार पटक बहुमत ल्याउन थालेका
छन ।
बहुमत ल्याउन सुरुवात गर्यो विघटित संबिधानसभाको सबैभन्दा ठुलोदल
एमाओबादीले । जब भट्टराइ डाक्टरसापले संबिधानसभा
भंग गरेर चुनाव को घोषणा गर्नु भयो । त्यसो
भोलिपल्टै कामरेड प्रचण्डले भाषण गरेर पार्टीलाई बहुमत दिलाउनु भयो । बहुमत नि सामान्य
होइन, दुइतिहाई बहुमत दिलाउनु भयो । यसरी चुनावै नभई पार्टीलाई बहुमत
दिन सक्ने कामरेड प्रचण्डको खुबिलीटी देखेर संसार चकित भए । एमाओबादी समर्थकहरु पार्टीले
चुनाव अगावै दुइ तिहाइ बहुमत ल्याको देखेर खुसीले गद्गद भए । बाँकी अरुहरु कामरेडले
गज्जपको जोक गर्नु भयो भनेर हाँसोले गदगद भए । त्यसपछी डाक्टरसापले फेरी दोस्रो पटक
चुनावको घोषणा गरु भयो । प्रचण्ड कामरेडले फेरी पार्टीलाई बहुमत दिनु भयो ।
त्यसपछी चुनाव गराउने भनेर श्रीमान खिलराज रेग्मीले
सरकारको नेतृत्व लिनुभो । चुनावको लागी उहाले पाइला नचाल्नु भए नी दलहरु सवै जोसीए
। सबै चुनावको लागी "अन योर मार्क ! गेट सेट....... " को स्थितिमा रहे ।
यस्तो अवस्थामा कामरेड प्रचण्ड अझ हौसिनु भयो र पार्टीलाई फेरी एक डोज बहुमत दिनु भयो
।
विधा :
लेख / ब्यङ्य
बैद्यबाको बिजिनेस
Tuesday, April 2, 2013
फररर रातो झण्डा फरफराई रहेको त्यो
घरमा मान्छेको चहलपहल बढ्दो थियो । त्यस घरका झ्याल ढोकामा रातो रंग लगाएको थियो
भने भित्तामा सेतो रंग लगाइएको थियो । कम्पाउण्डमा प्रसस्तमात्रामा टायरहरु खात
लगाएर राखिएको थियो । र सगै एउटा एफो साइजको सेतो कागजमा लेखिएको थियो । टायरहरु
बिक्रीका लागी होइनन मात्र बिजिनेस प्रयोगका लागि हो । संगै भाटाहरु थियो । त्यसमा
पनि लेखिएको थियो -" भाटाहरु पनि बिक्रीका लागी होइनन । आन्तरिक प्रयोगको
लागी मात्र हो । संगै नेपाल बन्द सफल पारौ । हड्ताल गरम । बाटो बन्द गरम । जस्ता
कुरा लेखिएका प्लेकार्ड पनि थिए । जहा लेखिएका कुराहरु बिक्रीका लागी थिए भने । ति
प्लेकार्डहरु भने आफ्नै प्रयोगका लागी थिए ।
भित्र मार्क्सबाद, लेनिनबाद, माओबाद, क्रान्ति, जनवाद, जनबिद्रोह जस्ता कुरा बिक्रीमा थिए ।
त्यहा कुनै भिड थिएन । त्यहा मान्छेको चहलपहल लगभग सुन्य नै थियो भन्दा पनि हुन्छ
। त्यहाँ कुनै सरसफाई नहुनाले ति जिनिसहरुमा धुलोले लपक्कै छोपेको थियो । धुलोले
लपक्कै छोपेको किताबी आवरणमा विचारक र नेताहरु धुले सडकका छेउका रुख जस्ता
देखिन्थे । त्यहाँ कुनै सरसफाई थिएन । सरसफाई गर्दा रंग खुइलिने डरले बध्यबाले
त्यसलाई सरसफाई गर्नबाट रोकेका थिए । बरु माकुराका जालोले त्यसलाई सजाइएको थियो ।
बैध्यबाले भन्ने गरेका सहरी बिद्रोह नि त्यहा बडा जतनसाथ र प्राथमिकताको साथ
राखिएको थियो । त्यसलाई बढी सिगार्ने र आकर्सक बनाउने कोसिस गरिएका जस्ता देखिन्थे
। तर त्यसको आकार र रङको तारतम्य नमिल्दा त्यो कान्तिहीन र ज्यादै अनाकर्षक
देखिन्थ्यो । त्यसमा प्राण थिएन । यी सबै प्रयोग र बिक्री दुवैका लागी थिए । तर
मान्छेहरु न त प्रयोगमा रुची देखिरहेका थिए न त खरिदमा नै ।
विधा :
किरण,
लेख / ब्यङ्य,
व्यङ्ग्य
Subscribe to:
Posts (Atom)