असली नेता भन्या त्यो हो जसले जनताको मुहारमा हाँसो ल्याम्न सक्छ । यस तथ्यलाई बिचार गर्दा कामरेड प्रचण्ड सबभन्दा असल नेता हुनुन्च जस्तो लाउच । कारण उहाँले केहि दिन यता मुलुक हँसाएर दग्द गर्न थाल्नु भा'छ । आफ्नै कुरा गर्नुपर्दा नि आजभोली कमेडी शृंखला तिर त्यति मन जान छाडेको छ | बरु सुम्चार चेनलतिर रिमोट घुमायो अनि पेटमिची मरीमरी हाँस्यो । कारण, सुम्चार शृंखलाहरुमा फरक्क कपाल मास्तिर फर्काको , चेस्मा लगाको अनि बाक्लो जुगा भा,को एक चरित्र नियमित देखा पर्दछन र तिनले अचेल लास्टै हंसाम्न थाल्या छन | तिनी अर्थात कामरेड प्रचण्ड, घोषित रुपमै ठट्टामा उत्रिनु भएको छ । उहाको उच्च स्तरको, उच्च उणस्तरको ठट्टाले सुम्झी सुम्झी खित्खिताईरहन मुन लाइरन्च अचेल । नियमित हासोको यति पोटिलो कारण फेला पर्दा मन सारै गद्गद् भैराच ।
ठट्टाको सुरुवात भयो रहरबाट । उहाँले भन्दिनु भयो - " अबको प्रधानमन्त्री मै बन्छु । " एक्कासी उँहामा उठेको रहरको सुनामीले मान्छेहरु चकित भए । अनि प्रधानमन्त्री बन्न खुट्टा उचालीरहेका नेताहरु त्राही ताहि भए । एक्कासी उहामा उठेको रहरको सुनामीले कतै आफुलाई त बगाउने होइन ? भन्ने भयले बालुवाटार पनि कम्पायमान भयो । अनि त्याँ बसेर लाल्धोज नामले ट्वीटर चलामने मान्छेको मुटुमा पनि ठुलै रेक्टरस्केलको तरङ्ग पैदा भयो | त्यो रात बालुवाटार, माहाराजगंज दुवै निदाएन । खास कुरो के हो भन्ने छटपटीले बल्खु,कोटेश्वर र बालकोट पनि निदाएन । उता डडेल्धुरे देउजा भने कुना फर्केर खितिखिती हाँस्दैमा आफ्नै आवाजको हल्लाले निदाम्न सकेनन ।