खान्दानी अपराध ।

Monday, April 9, 2012

" ए बुढा ! तिमी के भाको यो ?"

श्रीमतीको कुराले साप झसंग भए र भने ।

"के भयो र प्रिए ? म ठिकै त छु । "

थपे ।

"म के भएँ र ?"

"हो तिमी केही भएनौ । "

श्रीमती सापले रिस र घुर्की एकै साथ पोखिन ।

"बरु मै भए जे हुनु "

"हैन भयो चै के भन त ?"

सापले अचम्म मान्दै सोधे ।

"एक्कसी यो रिस यो झर्काइ यो यो घुर्की किन ?"


"के गरे मैले ??"

" ए ! के गरे रे ? "

श्रीमती साप अझै रिसाइन र भनिन !

"के मात्र गरेनौ तिम्ले ?"

थपिन ।

"तिम्रै कारणले छर छिमेकमा मुख देखाएर हिंड्न नहुने भा'छ मलाई "

"ए रात्तै !!"

साप पनि तात्दै भने ।

"के अपराध गरे र मैले ??"

रन्किदै सोधे ।

"किन देखाउन नहुने भो , तेरा थुतुनो ?"

"हेर न जंगिएको ! "

श्रीमती सापले भनिन ।

"आफै गल्ती गर्ने आँफै ठुलो कुरा गर्ने ।

थपिन ।

"जो चोर उस्कै ठुलो स्वर । "

"मैले गरे चै के ?"

साप अली जंगिए र भने ।

"के अपराध गरे मैले ?"

"तिमिले केही अपराध गरेनौ "

श्रिमतीसापले भनिन ।

"त्यही गल्ती गर्यौ तिम्ले । "

थपिन >

"त्यही कारण मुख देखाएर हिंड्न गाह्रो भो मलाई समाजमा । "

"भनेसी तिम्लाई समाजमा मुख देखाएर हिंड्न को लागि म अपराध गरुम ?"

सापले भने ।

"तिमी बौलायौ कि क्या हो ? के म चोर्न जाउ ? के म डकैती गरुम ? के म मान्छे मारुम ? के म पाकेट मारुम ??"

थपे ।

"कस्ता वाहियात डिमाण्ड गर्च्यौ तिमी ??"

"म हैन तिमी बौलायौ "

श्रिमती सापले भनिन ।

"यस्ता अपराध गर कहाँ भने मैले ?"

थपिन ।

"मैले त खान्दानी अपराध गर भनेको तिमीलाई। पैसा इज्यत दुबै आम्ने "

"खान्दानी अपराध रे के हो त्यो खानदानी अपराध भनेको ?"

सापले भने ।

"अपराध गरेर नि इज्यत आम्छ स्वाँठ ? अपराध गरेर त बेइज्यत पो हुन्छ त "

"तिम्लाई थाहा छ नानाभाती ! मैले भन्या त कहाँ सुन्चौ र ?"

श्रीमती सापले भनिन ।

"इज्यत आम्ने अपराध गर्नु पर्‍यो नि त इज्यत आउन लाई ल्वाँठ । भ्रस्ट्राचार गर्नु नि खान्दानी अपराध । "

"मुर्ख बुढी । "

सापले भने ।

"कसरी बड्छ इज्यत भ्रस्टाचार गरेर ? क्यारी भयो यो खान्दानी अपराध ? "

"मुर्ख त तिमी हौ । अहिले ठुला बढा हरु । मन्त्री पूर्व मन्त्री हरु , प्रहरी अफिसर हरु सबै धमाधम भ्रस्ट्रचार गरेर जेल गैरहेका छन । अस्ती मात्रै मोतीलाल साप जेल जानु भो । यसरी भरस्ट्राचार् केसमा धमाधम जेल गएसी यो खन्दानी अपराध भएन त ?"

थपिन ।

"हेर बुढा नातागोता छर छिमेक सबैमा जो जो ठुलाबढा थिए ति सबै भ्रस्ट्राचार केस मा जेल गैसके । उनर्को कत्रो सान छ । तर तिमी भने कहिल्यै जेल जादैनौ । मान्छे हरुले कुरा काट्न थाली सके । तिमी ठुलाबढा नै होइनौ कि भनेर । "

2 comments:

mahesh said...

मन छुने लेख्नु भएछ। एक दिन संसारमा सोझो मान्छे हरु को बिल्ला हुने र फटाहा हरु को सम्मान हुने दिन आउने छ

Nepali Caricature said...

thank u mahesh jee for your comment :)

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका