उनिले कपाल हरु रङ्याइन । पहिरन हरु छोट्याइन ।
सिंगारपटारमा खुबै ध्यान दीइन । र दर्जनौ पटक ऐनामा आफ्नो अनुहार हेरिन र
मुस्कुराइन । बाटोमा गजबले 'लोलाबारी' चल्दै थिए । कही छत बाट । कही कौसी अनी
बरन्डा बाट । कोही झ्याल बाट त कही पसल र घरको कम्पाउड बाट । लगातार लोला हरु
बर्सिरहेका थिए उनिको आँखै अगाडि धेरै युबती हरु लोलाको सिकार भए । कति भागे कतिले
सरापे हान्ने हरु मरिमरी हाँसे । मजा लिए । तर अंह लाग्दै लागेन कुनै लोला पनि ।
उनी पनि त्यही बाटो हिंडेको हो जहाबाट भीषण लोलाबारी चलेको थियो । तर किन हानेनन
उनिलाई लोला । किन लागेन उनिलाई लोला । किन थपडी बजाउने र हास्ने कारण बन्न सकेन
सकिन उनि ? उनिको
अनुहारमा खिन्नताका धर्साहरु देखिए । ऐना हेर्दा चम्किएका उनिका अनुहार हरु
एक्कासी कालो र निन्याउरो भयो । बाटैभरी एउटै प्रश्न उनको 'लाउड' ध्वनिले दोहोरी रह्यो -"के म राम्री छैन ?" घरमा पुगेर फेरी
ऐना हेरिन । आफुलाई अगाडि पछाडि नियालिन र भनिन -"के कमी छ म मा ?"
त्यसपछु उ कहिल्यै लोला हान्दैन होलिमा । तर न त उसलाई आफुले पहिले पहिले आफुले लोला हानेकोमा पस्चताप छ । नत अहिले अरुले लोला हानेकोमा गुनासो छ !
केही बर्ष अगाडि उसले उनिलाई त्रिभुवन
विश्वबिद्यालय अगाडि भेट्दा उनी भिजेर करिब करिब निथ्रुक्क थिन । कपदा हरु जिउमा
टासिएका थिए । र कपालबाट तप्तप्ती पानी चुहिरहेका थिए । उसले तलदेखी माथि सम्म
उसलाई नियाल्यो । उनिले भनिन -"हेरन । बाटोमा आउँदा लोलाले हानेर यस्तो
गराइदिए । थाहा छ? कस्तो जाडो भइरहेको छ । कस्तो गाह्रो भाईरहेको
छ । उस्ले काम्दै रुन्चे आवाजमा भनिन -" पानी पनि कस्तो फोहोर र गनाउने छ । मलाई त ज्वेरो
आउँला आउँला जस्तो भएको छ ।"
उसलाई साह्रै खिन्न लाग्यो । केही बोलेन ।
खल्ती बाट टाइटानिक प्रिन्ट भएको रुमाल निकायो । ज्याक-रोजको चुम्बन अन्कित
रुमालले उनिको अनुहार पुछिदियो । र भन्यो -"जाम चिया खाम !"त्यसपछु उ कहिल्यै लोला हान्दैन होलिमा । तर न त उसलाई आफुले पहिले पहिले आफुले लोला हानेकोमा पस्चताप छ । नत अहिले अरुले लोला हानेकोमा गुनासो छ !