भोलि कुनै बिरामी दाँत झिक्न भनेर गयो भने आँखा निकालेर फाल्दिन के बेर ?

Wednesday, August 24, 2011

पैले पैले बिरामी भएपछि डाक्टरकोमा गएर स्वास्थ्य लाभ गरेर र्फकने चलन थियो । बिरामीलाई डाक्टरले जाँच गर्थे । के रोग लागेको भनेर राम्ररी पहिचान गर्थे । रोग पहिचान भएसी रोग अनुसारको औषधि लेख्दिन्थे । र्सुइ लाइदिन्थे, अप्रेशन गर्दिन्थे र बिरामीलाई सद्दे बनाएर रोगीलाई रोग निको बनाएर घर फर्काइदिन्थे ।
तर ऐले स्थिति बदलिएको छ । ऐले बिरामी भएपछि डाक्टरकोमा अर्थात अस्पतालमा लैजाने भन्यो कि बिरामीको सातो जान थालेको छ । रोगले ज्यान लिन्छ नै भन्ने छैन उसले ज्यान लिन पनि सक्छ नलिन पनि सक्छ । ठूलाठूला रोग भनेका त्यस्तै हुन नत्र झिना मसिना रोग र दुबलताहरुको असर भनेका त दुइ चार दिन हो । त्यसपछि चुस्त दुरुस्त तन्दुरुस्त भई हाल्यो तर अस्पतालमा पुगेपछि त क्या हो क्या हा ? र्फकने सम्भावना त साह्रै न्यून । जे भए पनि रोगले त बिरामीलाई चिरफार गर्दैन । क्षति गरे पनि लागेको अंगमा मात्र गर्छ । यता डाक्टर सापहरु भने रोग भन्दा खतरनाक भएर निस्केका छन् । बिरामी देख्नु हुन्न च्याप्प समातेर हरिया कांक्रा जसरी चरचरी चिर्दी हाल्ने । ती मूला बिरामीका जीवनसँग बाल मतलब छ र ? सम्बन्ध बिरामी मर्नु र बाच्नुसँग छैन । सम्बन्ध बिरामीको स्वास्थ्यलाभसँग छैन । मात्र सम्बन्ध छ पैसोसँग, बिरामीलाई चिरफार गर्नुसँग छ । बिरामीलाई जीवन दियो वा बिरामीको ज्यान लियो त्यो पनि बाल मतलब । ज्यान लिए पनि जीवन दिए पनि डाक्टर सापको फि पाक्यो । जेसुकै होस बिरामीको शरीर चिरेपछि पैसाले पकेट भरियो ।
अब भरतपुर अस्पतालकै कुरा गरुम घाँटीको अप्रेशन गर्ने बिरामीलाई समातेर लगेर पाठेघरको अप्रेशन गरिदिएछन् डाक्टर साप हर्ले । रोग नलाग्या पाठेघर निकालेर फाल्दिएछन् रोग लाग्या घाँटी जस्ता तस्तै । अन्त तीन चार ठामका अप्रेशन भ्याउनको हतारमा डाक्टर साप हर्ले घाँटीको रोगीको पाठेघर झिकेर फाल्दिएछन् । झयाउने नै मेसोमा अरु क- कसका के के झिकेर फाले ‘डा’साप हर्ले त्यो चाहि सुन्न बाँकी नै छ । ती पाठेघर अप्रेशन गर्‍या बिचरा बिरामी अब गर्लान पो के ? पाठेघर निकालेर फाल्दिसके आप\mनो रोग जस्ता तस्तै घाँटीमै अडकिरा’छ । अब फेरि अप्रेशन गरिदेउ भनुम भने अझ कहाँ कहाँ चिरेर के के निकालेर मिल्काइदिने हुन ? अब फेरि ती पाठेघरको अप्रेशन गर्नुपर्ने बिरामीले चाहि के सोचे होलान ? अब घाँटीको अप्रेशन गर्नु भनेको पाठेघर निकालेर फाल्दिए भने पाठेघर कै अप्रेशन गर्नु पर्दा कहाँ चिर्लान ? अनि के निकालेर फाल्लान ? पक्कै पनि तिनले घाँटी चिर्लान अनि रुद्र घन्टी झिकेर फाल्लान । मेरी बास्सै ती बिरामीको सातो पुत्लो कहाँ पुग्यो होला । साच्चै तिनी अस्पतालमा बसे होलान कि भागे होलान ।
लापरवाहीले पनि कुन हद नाघेको हो यो ? साच्चै यी डाक्टरहरु यमराजको एजेन्ट नियुक्त भाका छन् कि क्या हो – अनि यी अस्पताल चाहि यमलोक इम्रिरेसन कन्सलटेन्सी हुन कि क्या हो ? यस्तै हो भने भोलि कुनै बिरामी दाँत झिक्न भनेर गयो भने आँखा निकालेर फाल्दिन के बेर ? यस्ताहर्ले त मोतिया बिन्दुको अप्रेशन पनि नाइटामा गर्न के बेर ? अन्धविश्वासी धामी झाँक्रीहर्ले त कुखुरा काट्थे तर यी डाक्टरहरुले त पाठेघर नै काट्न थाले । तर जे होस एउटा कुरा थाहा भयो घाँटीको उपचार गर्न पाठेघरको अप्रेशन गर्दा रहेछन् त्यसैले अब पाठेघरको समस्या आएमा घाँटीको समस्या भन्दै जादा राम्रो हुने भयो । त्यस्तै घाँटीको समस्या आए पाठेघरको समस्या भन्दै जादा राम्रो हुने भो कमसेकम उल्टो उपचार गर्दा सुल्टो पर्छ कि ?

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका