टाइम पास

Thursday, August 4, 2011

कामै नगरी समय बिताउन साह्रै पट्यारलाग्दो हुन्छ एकछिनको आराम त मजै हुन्छ । आरामपछिको समय के गर्ने ? कामै नगरी बस्दा त घडिले पनि ‘कुरी कुरी’ भनेको हो कि क्याहो त्यो सुइ नै घुम्दैन । वास्तवमा काम नगरी बस्नु भनेको काम गरेर बस्नु भन्दा पनि गाह्रो कुरा हो । त्यसैले काम नगरी बस्ने मान्छेलाई लप+mगा बिलमी भनेर सराप गर्नु अन्याय हो । सुत्यो बस्यो उठ्यो सुत्यो बस्यो उठ्यो सुत्यो एवं रितले समय पास साच्चै नै झयाउ लाग्दो काम हो । कामै नगरेपछि खाने बेलामा पनि अर्काको रिस सामना गर्नुपर्ने गासैपिच्छे अर्काको आखा तर्राई खप्नु पर्ने साच्चै गाह्रो छ काम नगर्नेहरुलाई । मान्छे कुरा बुझदैनन् ‘अल्छि त्रि्रो स्वादे ज्रि्रो’ उखान बन्छ उनीहरुकै लागि ।
दुनियाँको कुनै पर्वाह नगर्ने हो भने पनि काम नहुदाको अवस्था काम नगरी बस्नुको अवस्था निकै नै झयाउ लाग्दो हुने गर्दछ खासगरी समय काट्नका लागि । समय काट्नको लागि के गर्ने ? झिंगा मारेर कति बस्ने । लामखुटे मारेर बसुम भने पनि दिउँसो लामखुटे नै आउदैन । गाम घरतिर एउटा भनाई छ ‘काम नभए जा गएर पानी कुट’ । तर काठमाडौंको केश अलि फरक छ । यहाँ पानी नै पाइदैन पानी नपाउने ठाममा कसरी पानी कुट्नु । काम नगरी बस्न यति गाह्रो हुन्छ भने के गरी बस्छन् यहाँका बेकामेहरु ? आखिर के गरेर समय कटाउछन् । आप\mनो जिम्मेवारी पूरा नगर्नेहरु -
अब संविधान लेखन कै कुरा गरम न । संविधान लेख्न र शान्ति प्रक्रियालाई पूर्णता दिन भनेर जनताले दलहरुलाई पठाए । तर उनीहरुले संविधान लेख्दै लेखेनन् । म्याद थपियो तैपनि संविधान लेखिएन, फेरि थपियो र त्यो पनि गुज्रिन आटी सक्यो तै पनि संविधान लेखिने छाँटकाँट छैन । त्यसैले नेताहरुले केही गरेनन् नेताहरुले संविधान लेखेनन् । देश बिगारे भनी उहाँहरुलाई सराप्नेहरु यहाँ थुप्रै देखिएका छन् ।
तर मलाई भने कामै नगरी यत्रा समय कसरी कटाए होलान, त्यो कटाउन कति गाह्रो भयो होला भनेर सारै दया लागिरहेको छ । यसो विचार गर्दा हाम्रा दल र नेताजीहरु टाइम पास कलामा यति पोख्त भई सक्नु भा’र ‘छ कि अब यस्ता समयहरु दसैं वर्षआए पनि कुनै कामै नगरी कटाइ दिन सक्नु हुन्छ ।
अब पछिल्लो समय तीन महिनाको म्याद थप्दाको बारेमा कुरा गरौ न । उहाँहर्ले कामै नगरी दुइ महिना भन्दा बढि बिताइ दिनुभो । त्यो कटाउन ह्वा हर्लाई कति गाह्रो भयो होला त्यो त ह्वाहरु भन्दा अरुलाई के थाहा ? तर ह्वाहरुको टाइमपास कला भने यसपाला काइताको देखियो ।
जब संविधानसभाको म्याद थपियो त माउवादी कांग्रेस दुवैमा दलको नेता फेर्ने खेल चल्यो । महिनौ चलेको खेल माओवादीमा बराबरमा टुंगियो भने । कांग्रेसमा भने देउवाजी अझ यो खेल जितिने आसमा दौडि रहनु भा’ छ । कामरेड मोहन काजी भट्राईको अध्यक्षलाई पर्छार्न खोज्दैमा समय व्यतित भयो । यहि स्थिति कामरेड नेपाल ओलीमा पनि । कामरेड प्रचण्डको हप्तैपिच्छे मन्त्रीहरुको सूची बनाउदैमा र कामरेड खनालको मन्त्रीहरुलाई सपथ ख्वाउदै बित्यो । झिना मसिनाहरुको त के कुरा गर्नु ठूलाहरु नै बरालिएपछि । सुनेको, भएभरको कापि मन्त्रीको सूची बनाउदैमा सकिए पछि यतिबेला कामरेड प्रचण्ड संविधान लेख्ने कापी नभएर बिलखबन्दमा पर्न भा छरे ।
(यो लेख बिश्वदीप साप्ताहिकमा प्रकाशित छ )

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका