विशेष अधिकार

Wednesday, August 10, 2011

“त्वमेव माता च, पिता त्वमेव”
उहाले जल चढाउनु भो र भन्नु भो
” त्वेमेव बन्धु च, सखा त्वमेव”
चन्दन, अक्षता, धुप दिप नैव्यद्य गर्नु भो ए घन्ट बजाउदै मन्त्रोच्चारण गर्नु भो “त्व मेव विद्या द्रविणम त्वमेव”
हात जोडनु भो अनि भक्ति साथ भन्नुभो
” त्वमेव र्सवम मम देव देव”
यिनले त बालुवाटारको बालुवामा सिवलिंग स्थापना गरेर आराधना सुरु गरे छन् कि क्या हो – एका बिहानै यी कम्निस्ट नेताले यसरी कुन देवताको अराधना गरेका होलान – यी देवता कम्तिमा पनि चानचुने छैन होला । त्यसपछि बालुवाटारबासी त्यस महान प्रभुको दर्शन गर्न लालयित भए छन् र पूजा सामग्री सहित बालुवाटार मन्दिर छिरेछन् । छिर्ना साथ देउता कस्ता र’छन् भनेर सबैले एकै साथ हेरे छन् । देउता भनेको त बाक्लो लुगा भा’को कपालमा जेल हालेर उभो फर्काको चस्मा लगाको मान्छे पो रहेछन ।
“हैन तपै त मान्छेलाई पूजा गर्दै हुनुहुन्छ बहुलाउनु भो कि क्या हो ।”
पस्नेहरुले भने “के गरेको यो -”
” ल देख्नु भएन -”
पूजारीले भने
“विशेष अधिकारको प्रयोग गर्‍यानी ।”
एकदिन बल्खु दर्वारमा गजबको दृश्य देखियो । त्यो दर्वारकै मुलिले त्यहाको साइनबेार्ड ‘इडिट’ गर्दै रहेछन् । एमालेको ‘ए’ यथावत राख्नु भएछ । अनि ‘माले’ लेखेको मेट्नु भएछ र त्यहाँ लेख्नु भएछ- ‘माओवादी’
त्यतिकैमा कामरेड पुतली जुगे आउनु भएछ र उहाँको चर्तिकला देखेर छक्क पर्नु भएछ । रिसले आगो हुदै उहाँले सोध्नु भएछ ।
” हैन के गर्‍या यो -”
उहाँले मुसुक्क हास्दै जवाफ फर्काउनु भएछ “विशेष अधिकारको प्रयोग गर्‍या ।”
उहाँ पर्नु भो खनाल बाहुन । खाना खानु अगाडि औसनी हाल्नु पर्ने ।
“ओम चियराय स्वहा”
थाल वरपर लोटाबाट पानी र्छकनु भो र भन्नुभो
” पदाय स्वहा”
सिता चोर औलाले च्याप्दै भुइमा चढाउदै भन्नु भो
” बालुवा – टारय स्वाहा”
थप्नु भो
” प्रचण्डाय स्वाहा”
” हैन ए बुन केगर्‍या यस्तो -”
श्रीमती खनालले सोध्नु भो
उहाँले भन्नुभो
” विशेष अधिकारको प्रयोग गर्‍या”
एकदिन उहाँ तिर्थ जाने भनेर हिडनु भएछ । तिर्थ जाने भनेसी बद्री, केदार, गया, काशी भनेर सोच्नु भो होला । अझै मक्का मदिना वा जेरुसेलम सोच्नु भो होला हैन है हैन । उहाँ न नयाँबजारस्थित एक घरमा फुत्त छिर्नु भएछ उहाँसँगै गएकाहरुले सोधेछन् ।
” हैन हजुर तिर्थ जान लाग्या मान्छे किन घरमा छिरेका -”
उहाँले भन्नु भो
” तिर्थ यहि हो नि”
” अनि मान्छेको घर छिरेर पनि तिर्थ हुन्छ त -”
” हुन्छ, विशेष अधिकारको प्रयोग गरेसी” उहाँले भन्नुभो ।

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका