केही समय अगाडि हामीले होली मनायौ । मनाउनु त के थियो र होली झेल्यौ हामीले । भन्नलाई भनिन्छ होली खेल्ने भनेर तर होली खेल्ने भन्दा झेल्ने बढी हुन्छन् । असुरक्षाले जिवन अस्तव्यक्त बन्दै गइरहेको बेलामा के को खुसियालीमा अविर दलादल गर्नु थियो र – लोला खाएर फोहोर पानीले निथ्रुक भएर जेनतेन होली कटायो हामीले ।
यसपाली होलीको एउटा स्मरणयोग्य घटना छ । के भन्दाखरी होली आउन करिब दुई चार दिन बाकी थियो । मलाई जानु थियो सितापाइलाबाट बानेश्वर । बानेश्वर जान चक्रपथ घुम्ति परिक्रमा गर्ने एउटा र्सार्वजनिक बस चढे । मेरो सिट छेउमा आएर बसिन एउटी सुन्दरी युवती । सोच्नु भयो होला वाह । छेउमा सुन्दरी युवती बसेपछि त घटना स्मरण योग्य भइहाल्यो नि । तर वाह भन्न लायक स्मरण योग्य घटना चाही घटेन । बरु घटना दुखद नै रह्यो । कुरा के भयो भने जब बस स्वयम्भू नजिकै पुगेथ्यो पच्याक्क आवाज सहित काधमा चिसो आयो के भयो भनि सोच्नै नपाई आफु निथ्रुकै । सिल्पटहरुले लोला बजाएका स“गै बसेकी केटीलाई ताकेर । लाग्यो मलाई । मलाई झोक चल्दै गर्दा बस बनस्थली पुगिसकेको थियो । के म अब ओर्लिएर फेरी स्वयम्भू पुगेर ति सिल्पटहरुलाई थर्काउ – धत त्यो भन्दा बढी मुर्खता के हुन सक्छ र – बरु झयाल लगाएर बस्यो टन्टै साफ । त्यसपछि झयाल लगाउन खोजेको कहा हुन्थ्यो झयाल चक्रपथ नन स्पटमा – यत्तिकैमा अर्को लोला टाउकैमा लागेर छताछुल्ल भयो । भिज्न त के बाकी थियो र – अघि नै निथ्रुक भएपछि ।
नालिकै पानी हाने छ कि क्या हो – उभिइ रहेको कालो ज्याकेट वाला दाजुले भने । ‘टेइट कस्तो गनाको’ आफ्नै लबजमा उभिएकै दिज्युले नाक खुम्च्याइन । आफु कुम उचालेर यसो सुघ्छु त ओ हो हो… । रक्सि पनि मिसाएछ कि क्या हो बजियाले – नालीको पानी मात्र त यति गनाउन नपर्ने । मैले भने । अब घरमै गएर हर्ने नि त । आखिर तपैकै कपडामा लागेको क्यारे । तपै त कति भाग्यमानी रक्सीले नुहाउन पाउने । छेउमा बसेकी केटीले व्यङ्ग्य कसि ।
ए रात्तै । उसैलाई हानेको लोला आफुले खानु छ । त्यसमाथि उसैको व्यङ्ग्य कसरी खप्नु – म उसमाथि प्रहार गर्ने शब्दवाणको खोजी गर्दै थिए । यत्तिकैमा बाहिरबाट तेज रफ्तारमा आएको लोलाले केटीको मुहार चुम्न पुग्यो र छताछुल्ल भयो । मैले त्यसको खुसियाली नै मनाउन नपाई अर्को लोला आफैमा बज्रियो म गन्तव्यमा पुगेर बसबाट झर्दै गर्दा नालीको पानीले पूर्णतया रुझेको थिए । झर्दै गर्दा एक बृद्धले भने होलीको दिन नजिकिदै गर्दा केटीको त नजिकै पनि पर्नु हुन्न । लोलाले निथ्रुकै भइन्छ । त्यसपछि म होलीसम्म केटीहरुको छेउछाउ नै पर्न छाडे ।
आजकाल भकाभक सञ्चार व्यवसायी र सञ्चार कर्मीहरु मारिन थालेका छन् । धेरै पत्रकारहरु गोलीको सिकार भइसकेका छन् भने धेरै पत्रकारहरु गोलीको सिकार हुनेवाला छन् । होलीमा केटीहरुमाथि लोला बर्सिएझै आजभोली पत्रकार माथि जहितही गोली बर्सिन थालेका छन् । होलीमा केटीहरुसग छलिएर हिडे जस्तै आजभोली म पत्रकार साथीहरुस“ग तर्किएर हिंड्ने गर्छु
विश्वदीप साप्ताहिक
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment