भैंसी पूजा

Wednesday, March 3, 2010

ç शनिश्चराय नमः’ भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले भैंसी पूजा गर्नु भा’छ । र्सकारबाट खुस्केपछि आफै ‘अनयोर मार्क’, ‘गेट सेट’को अवस्थामा पटक पटक खुट्टा उचाली रहेका अध्यक्ष प्रचण्डलाई कसैले ‘गो’ को आदेश नदिंदा उहा“ अहिलेसम्म र्सकारा“ पुग्नु भा’को छैन । कतिपल्ट ‘गो प्रचण्ड’ को आत्मआदेशबाट प्रेरित भएर धेरै पटक आफै नकुद्नु भएको पनि होइन उहा“ । तर कहा“ कुरो बिग्रियो उहा“को बाटो सरकारसम्म पुगेर कहिल्यै टुङ्गएिन । उहा“को बाटो बिचमै हरायो । जति कुदे पनि दर्ुभाग्यै मान्नु पर्छ उहा“ कहिले पनि सरकारमा पुग्दै पुग्नु भएन बरु माधव कामरेडको हरुवा सरकारले कमाल देखायो । बाइस वटा टेको लगाएर भएनी नौ महिना कटायो । कामरेड प्रचण्ड सडकको सडकमै ।
सरकार खुस्क“दै गर्दा कामरेड प्रचण्डले भन्नु भा’थ्यो प्रभुहरुको कारणले सरकार छोड्नु पर्‍यो । विदेशी प्रभुहरुले आफुलाई पटक पटक झुकाउन चाहेको तर आफुले प्रभुहरुस“ग नझुकेकोले सरकार छोड्नु परेको उनको भनाइ थियो । तर ख्याल ख्यालमै सरकार छोडेपछि जब मादप कामरेड प्रधानमन्त्रीको कर्ुर्सर्ीी विराजमान भएर खुट्टा हल्लाउन थाल्नु भो तब पो उहा“लाई झल्यास्स भो ला । ख्याल ख्यालमै सरकार छोडि सकिएछ । मेरो ठाउ“मा त अर्कै झिल्के पो बसेर मुसुमुसु हा“स्दै खुट्टा हल्लाउ“दै छ त बा । उहा“लाई थक्क थक्क भो बेकारमा छोडिएछ । त्यसपछि उल्याउन थाल्नु भो- मादप कामरेडलाई हरुवा, कठपुतली, रिमोटे, विषवृक्ष जस्ता नामले । तर मादप कामरेड न पर्नु भो किन छुन्थ्यो यस्ता मामुली गाली र उल्याइहरुले वर्षौदेखि खोजेको भाग बल्ल बल्ल पाएका उहा“ले ज्रि्रो फड्कार्रर्दै खान थाल्नु भो । कामरेड प्रचण्डलाई सहि नसक्नु भो । उहा“का निधारमा पसिना देखिए । पसिना पुछ्दै कामरेड प्रचण्ड खुइप गर्न थाल्नु भो ।
प्रभुप्रति अनादर देखाएर नास्तिकता पर््रदर्शन गरेकोमा आफैप्रति झोक चलेको हुनर्ुपर्छ कामरेड प्रचण्डलाई । लौ भएन भन्दै प्रभुप्रति सभक्ति तुहिन थाल्नु भयो तर प्रभुले गन्न छाडे । त्यसपछि नाचगान सहित प्रस्तुत हुनु भो । रेखास“ग लालुपाते नुह्यो भुइतिरको तालमा खुवै नुहिनु भयो प्रभुहरुस“ग । तर प्रभुहरुले टेरेनन् । त्यसपछि रिसको पारो चढ्यो विदेशी प्रभुस“ग । आक्रोसित भएर उहा“ चिच्याउनु भयो ‘विदेशी प्रभु मर्ुदावाद ।’
विदेशी प्रभुस“ग सम्बन्ध टुटेका कामरेड प्रचण्डको भरोसा अब स्वदेशी प्रभु हुनु भयो । स्वदेशी प्रभु गिर्जाउ कहा“ गएर उहा“ले टाउको थाप्नु भयो- “प्रभु आशिर्वाद दिनोस” । जब प्रभुबाट आशिर्वाद मिलेन, उहा“ले भन्नुभयो- “प्रभु अघि बढ्नोस म हात दिने छु ।” प्रभु पनि बढो मा’पाको पर्नु भयो । उहा“ले त छोरीलाई देखाउ“दै भन्नु भयो लौ यिनैलाई अघि लगाउनु । उहा“ तिनलाई पनि अगाडि लगाउन झण्डै राजी हुनु भयो भन्ने खासखुस चल्दै थियो स्वदेशी प्रभुले त मादप कामरेडलाई पो बोलाएर भनिदिनु भो की मेरो र्समर्थन तिम्लाई नै छ । कामरेड प्रचण्डको स्वदेशी प्रभुस“ग पनि मोह भंग भयो ।
आफ्नो हितकारी प्रभु नपाएर विरक्तिएका प्रचण्ड कामरेडले एकदिन भाषण ठोकेर फर्किदै हवाई गरेर भैंसी कराएको सुन्नु भो । भैंसी कराएको सुनेर उहा“लाई एउटा नेपाली लोक कथाको याद भएछ । कथा के थियो भने- जब ब्रम्हाजी मानव सृष्टि गर्दै हुनुहुन्थ्यो उहा“को सृष्टि धेरै पटक असफल भएको थियो रे । मानव सृष्टि गर्ने क्रममा उहा“ले सुन चा“दी, हिरा मोती जस्ता बहुमूल्य वस्तुहरुको मानव बनाउनु भयो रे तर मान्छे बोलेन र पटक पटकको सृष्टि असफलताले बिरक्तिएका ब्रम्हाजीको अगाडी एउटा कुखुरा आएर पित्क्याइ दिंदा ब्रम्हाजीलाई उठ्नुसम्म रिस उठेछ । उहा“लाई झोक चलेछ यहि आचीको मान्छे बनाइ दिउ“ कि क्या हो – त्यसपछि सुली र खरानीको मान्छे बनाउनु भयो रे ब्रम्हाजीले । अनि लहडैमा उहा“ले बोलाउनु भयो रे सुलि मानवलाई- “ओ मान्छे” भनेर । सुली मानव बोल्यो रे “हजूर” भनेर । भनिन्छ त्यहि सुलि मानव नै हाम्रा आदिम पर्ुखा हुन भनेर ।
प्रभुहरुस“ग बिरक्तिएका कामरेड प्रचण्डलाई पनि झोक चलेछ । “यहि भैंसी प्रभुलाई पूजा गरौं कि क्या हो -” भनेर । त्यसपछि उहा“ले ज्योतिषीहरुस“ग सल्लाह गर्नु भएछ । ज्योतिषीहरुले उहा“को काइदाको तारिफ गरेछन् त्यसपछि उहा“ले भैंसी पूजा गर्नु भयो । प्रभुहरुस“ग कहिल्यै नझुक्ने भन्दै आकाशतिर हर्ेर्दै हिंड्दा पटक पटक खाल्डामा पर्नु भएका कामरेड प्रचण्ड भैंसी प्रभुका अगाडि नराम्ररी झुक्नु भयो ।
कामरेड प्रचण्डको भैंसी पूजास“गै राजनीतिक वृतमा कोलाहल मच्चिएको छ । अब भैंसी प्रभुका कृपाले कामरेड प्रचण्डले फेरी प्रधानमन्त्री पदको रस्वादन गर्न पाउनु हुने भयो भनेर । कोलाहल के कारण मच्चिएको हो भने- भैंसी-प्रभु प्रभुहरु मध्येका सबै भन्दा शक्तिशाली प्रभु हुनुहुन्छ । किन भने भैंसी प्रभु हामीलाई नाम सुन्दैमा आङ जिरिङ्ग हुने यमराज प्रभुका वाहन हुनुहुन्छ । अब कामरेड प्रचण्डस“ग भैंसी प्रभु खुसी भएर यमराज प्रभु कहा“ कुरा पुर्‍याइ दिनु भयो मादप सरकारको आयु सकिन के बेर । आखिर सरकारका विरुद्ध यमराजै खडा भएपछि बचाउने कसको तागत -
कामरेड प्रचण्डको भैंसी पूजाले राजनीति कर्मीहरु आत्तिएकै बेलामा गिर्जाउलाई पनि लागेछ लौ यिनले अब बिताउने भए । त्यसपछि उहा“ले छोरीलाई अह्राउनु भएछ- “लौ नानी अब त“पनि भैंसी पूजा गर । पिताजीको आदेश मुताविक सुजु दिज्युले पनि त्यसपछि भैंसी पूजा गर्नु भयो ।
प्रधानमन्त्री बन्न खुट्टा उचाली रहेका कामरेड प्रचण्ड र सुजु दिज्युले भैंसी पूजा गरेपछि मादप कामरेडको निद हराम भएको छ । सुनिदै छ भैंसी पूजाबाट सरकार ढल्ने देखिएपछि कर्ुर्सर्ीीोगाउन उहा“ले अब सिंह पूजा गर्दै हुनुहुन्छ रे । तपाईलाई थाहै छ सिंह देवीको वाहन हो । यसबाट थाहा हुन्छ कि अब सरकार ढाल्ने र बचाउने खेलमा प्रभुहरुको प्रत्यक्ष संलग्नता रहन्छ । अब नेपाली राजनीतिमा प्रभुहरुको चलखेल अवश्यंभावी छ ।
यसलाई यसरी मात्र नबुझौं । स्वर्गीय गणेशमान सिंह भन्नु हुन्थ्यो रे- नेपाली जनता भैंसी हुन् । का्रग्रेस प्रचण्ड र सुजाता दिज्युले जनता जनार्दन हुन भनी सम्मान देखाउन पो भैंसी पूजा गरेका हुन कि -

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका