कुरा खुस्किन्छ रे

Wednesday, March 17, 2010

माओवादी अध्यक्ष प्रचण्डले कार्यकर्तालाई निर्देशन दिनु भए’छ ‘मलाई अब बोल्न बाध्य नपार्नोस ।’
यस अगाडी पटक-पटक विवादास्पद अभिव्यक्ति दिंदै विवादमा पर्दै आउनु भएको कामरेड प्रचण्डले यस्तो निर्देशन दिनु भएको हो । कारण किन – थाहा छ तपैलाई – बोल्यो भने कुरा खुस्किन्छ रे । त्यसैले उहा“ले गज्जपको जुक्ति निकाल्नु भा’छ- ‘अब बोल्दै नबोल्ने कुरा पनि नखुस्काउने ।’ निकै अगाडि देखि नै कामरेड प्रचण्डको मुख साह्रै खुकुलो भयो भन्दै उहा“को चौतर्फी आलोचना हु“दै आएको छ । उहा“को मुख खुकुलो भएकोले उहा“को पार्टी उहा“ साह्रै अप्ठेरोमा पर्दै आउनु भएको छ । उहा“को बोलीले पार्टी अप्ठेरोमा पारेको भन्दै केही समय अगाडी उहा“को केन्द्रिय समितिले उहा“लाई सोचेर मात्र बोल्न निर्देशन दिएको थियो । उहा“ले ‘हुन्छ’ भनेर मुन्टो हल्लाउनु भा’थ्यो रे त्यति बेला । तर पछि कति गर्दा पनि सोचेर बोल्न नसके पछि उहा“लाई साह्रै झोक चलेछ । ‘धत । नेता भएर पनि सोचेर बोल्छन् त -’ सोचेर बुद्धि पुर्‍याएर काम गर्ने भए त नेता नै बनिदैन थियो नि ।
त्यसपछि उहा“ले निर्णय गर्नु भएछ । ‘अब नबोल्ने’ सोचेर बोल्नु भन्दा बोल्दै नबोल्ने, बोल्दै नबोले पछि कुरा खुस्किने डरै भएन । त्यसैले अब नबोलेर नै कुरा नखुस्काउने । सोचेर बोल्नु भन्दा बोल्दै नबोल्नु नै सजिलो भएपछि उहा“ले कार्यकर्तालाई निर्देशन दिनु भयो- मलाई बोल्न बाध्य नगर्नोस । किनकि बोल्यो भने कुरा खुस्किन्छ ।
कामरेड प्रचण्ड बोल्न थालेपछि प्याच्च बोल्नु हुन्छ । नचाहदा नचाहदै पनि उहा“को मुखबाट कुरा खुस्कि हाल्छ । नचाहदा नचाहदै प्वाक्क कुरा खुस्किनु भनेको आफ्नै बोली आफ्नो बसमा नहुनु हो । उहा“ आफ्नै ज्रि्रो त आफ्नो बसमा राख्न सक्नु हुन्न भने कार्यकर्तालाई कसरी बसमा राख्नु हुन्छ कुन्नी – कार्यकर्ताले उहा“को यो निर्देशन पनि के टेलान र है -

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका