गभर्नर भन्दा गभर्मेन्ट सजिलो

Saturday, March 27, 2010

“उफ यो त सारै गाह्रो रै छ ।” प्रधानमनत्रीज्यूले खुइय काड्नु भो ।
“धत्तेरी मानै जाला जस्तो भो” टोपी फुकालेर पसिना पुछ्नु भो र भन्नु भो- “सारै गारो भो ।”
एउटा जोक्स थियो जहा एउटी किशोरी एसेल्सीमा तिनचार पल्ट बल्याङ खेलिछ । पटकौ को प्रयास पछि बल्ल बल्ल पास भएपछि घरमा बाबुलाई सुनाउ“थी अरे- “ड्याडी ड्याडी । यो एसेल्सी पास गर्न त छोरा पाउन भन्दा नी गाह्रो रै’छ ।” उहाँले सम्झनु भो र हाँस्नु भो । एक गिलास र्सवत पानी रित्याउनु भो र भन्नु भो- “गायत्री, यो गभर्नर बनाउन गभर्मेन्ट बनाउन भन्दा पनि गाह्रो रै’छ ।”
“वर्तमान परिपेक्षमा राष्ट्र बैंकलाई गभर्नर आवश्यक थियो । आफ्नै नेतृत्वमा गभर्मेन्ट भा’को, आफ्नै गभर्मेन्टले गभर्नर छान्ने मौका पा’को । एक पाला त म झुक्किए यो गभर्नर भनेको त गभर्मेन्ट चलाउने मान्छे होला गभर्मेन्ट चलाउने मान्छे म छँदा छँदै किन अर्को खोजियो । यसो सोचे म त गभर्मेन्टमा पो भए त गभर्मेन्ट चलाउने त अर्को हुन्छ होला नी त । फेरी गभर्मेन्ट मै म भएपछि गभर्मेन्ट चलाउने पनि त मै हुन्थे नि किन अर्को खोज्नु पथ्र्यो – खोजे नी ठिकै छ गभर्नर पनि मै भैदिन्छु । म दौरा सुरुवाल आइरन गर्न तम्सिए । तर कुरा पछि पो थाहा भयो गभर्नर भनेको त गभर्मेन्ट चलाउने नभएर बैंक चलाउने पो रहेछ । हत्तेरी क्या हुस्सु भइएछ । ठिकै छ बैंक चलाउने गभर्नर चाइयो त ठिकै छ । यसै कतै बरालिइ रहेको भाई भतिजालाई बनाइ दिउँला” उहाँले सोच्नु भयो र खोज्न थाल्नु भयो भाइ भतिजाहरु । “उफ ।” उहाँ थाक्नु भो कारण भाई भतिजा त कोही बाँकी नै पो रहेनछन् । कोहीलाई कता कोहीलाई कता भर्ति गर्दा गर्दा भाइ भतिजा सकिएछन् । यस्तो बेलालाई स्टक राख्नै विर्सनु भयो ।
“भन्ने बेलामा अर्थमन्त्रीले नै बनाउन सक्ने गभर्नरले गर्दा अहिले आफ्नै ज्वरो फुटायो । ‘बाफरे’ आफुले खत्यौडा कामरेडलाई बनाउन खोजियो । उनले मल्लिकलाई बनाउन खोजे” उहाँले सम्झनु भयो- “मल्लिकलाई नबनाए आफैलाई ढलाउन खोजे ।” न त गाडी दिएर हुन्छ न त भेतेरै ख्वाएर हुन्छ । उनले छोड्दै छोडेनन् । पाएको छोडि हाल्ने आफु पनि परिएन । गभर्नरको केसमा गभर्मेन्ट मै भुइचालो जान थाल्यो । धक्काले आफै सिथिल भइयो लाग्थ्यो ढलि हाल्छु क्या हो – ‘तर ढलिएन’ उहाँ मुस्कुराउनु भयो । जहाँ आफु लिसो जसरी टाँसिएको छ त्यहाँबाट कसरी ढलिन्थ्यो । आखिर तिनरु नै थाके । अनि गभर्नर हाम्रै कामरेडलाई बनाइयो । आखिर आफैले जितियो । जित त्यहि पनि आफ्नै सम्झदा पनि क्या काउकुती लागेर आउँछ ।” उहाँ मुस्कुराउनु भयो । मैले मात्रै थोडी हार्ने ठेक्का लिया छु र – चुनाउमा हारियो हारियो क्याविनेटमा पनि लास्टै हारियो मन्त्रीहरुस“ग । आफ्नो कुरा कहिल्यै नहुने खाली उनकै कुरा हुने । आफुले भनेको उनले नटेर्ने खाली मैले नै टेर्नु पर्ने । जेहोस यसपाला आफैले जितियो गभर्नर हाम्रै कामरेडलाई बनाइयो । घटना ऐतिहासिकै भयो । यस पाला आफैले जितियो । जित्न के विधि गाह्रो । हार्न त सजिलै हुन्थ्यो । हारेर पनि सजिलै गभर्मेन्ट बनाइयाथ्यो । सरकार आफै ढल्दियो त्यसपछि संख्या अरुले नै पुर्‍याइ दिए । सभाषद पनि अरुकै आग्रहमा बनेको छँदै थिए । आखिरमा ख्यालख्यालमै गभर्मेन्ट बनाइयो तर गभर्नर बनाउन त लास्टै गाह्रो भयो । झण्डै बनी सकेको गभर्नर पनि उडेको ।
(बिश्वदीप साप्ताहिक मा प्रकाशित )

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका