गभर्नर भन्दा गभर्मेन्ट सजिलो
Saturday, March 27, 2010
“उफ यो त सारै गाह्रो रै छ ।” प्रधानमनत्रीज्यूले खुइय काड्नु भो ।
“धत्तेरी मानै जाला जस्तो भो” टोपी फुकालेर पसिना पुछ्नु भो र भन्नु भो- “सारै गारो भो ।”
एउटा जोक्स थियो जहा एउटी किशोरी एसेल्सीमा तिनचार पल्ट बल्याङ खेलिछ । पटकौ को प्रयास पछि बल्ल बल्ल पास भएपछि घरमा बाबुलाई सुनाउ“थी अरे- “ड्याडी ड्याडी । यो एसेल्सी पास गर्न त छोरा पाउन भन्दा नी गाह्रो रै’छ ।” उहाँले सम्झनु भो र हाँस्नु भो । एक गिलास र्सवत पानी रित्याउनु भो र भन्नु भो- “गायत्री, यो गभर्नर बनाउन गभर्मेन्ट बनाउन भन्दा पनि गाह्रो रै’छ ।”
“वर्तमान परिपेक्षमा राष्ट्र बैंकलाई गभर्नर आवश्यक थियो । आफ्नै नेतृत्वमा गभर्मेन्ट भा’को, आफ्नै गभर्मेन्टले गभर्नर छान्ने मौका पा’को । एक पाला त म झुक्किए यो गभर्नर भनेको त गभर्मेन्ट चलाउने मान्छे होला गभर्मेन्ट चलाउने मान्छे म छँदा छँदै किन अर्को खोजियो । यसो सोचे म त गभर्मेन्टमा पो भए त गभर्मेन्ट चलाउने त अर्को हुन्छ होला नी त । फेरी गभर्मेन्ट मै म भएपछि गभर्मेन्ट चलाउने पनि त मै हुन्थे नि किन अर्को खोज्नु पथ्र्यो – खोजे नी ठिकै छ गभर्नर पनि मै भैदिन्छु । म दौरा सुरुवाल आइरन गर्न तम्सिए । तर कुरा पछि पो थाहा भयो गभर्नर भनेको त गभर्मेन्ट चलाउने नभएर बैंक चलाउने पो रहेछ । हत्तेरी क्या हुस्सु भइएछ । ठिकै छ बैंक चलाउने गभर्नर चाइयो त ठिकै छ । यसै कतै बरालिइ रहेको भाई भतिजालाई बनाइ दिउँला” उहाँले सोच्नु भयो र खोज्न थाल्नु भयो भाइ भतिजाहरु । “उफ ।” उहाँ थाक्नु भो कारण भाई भतिजा त कोही बाँकी नै पो रहेनछन् । कोहीलाई कता कोहीलाई कता भर्ति गर्दा गर्दा भाइ भतिजा सकिएछन् । यस्तो बेलालाई स्टक राख्नै विर्सनु भयो ।
“भन्ने बेलामा अर्थमन्त्रीले नै बनाउन सक्ने गभर्नरले गर्दा अहिले आफ्नै ज्वरो फुटायो । ‘बाफरे’ आफुले खत्यौडा कामरेडलाई बनाउन खोजियो । उनले मल्लिकलाई बनाउन खोजे” उहाँले सम्झनु भयो- “मल्लिकलाई नबनाए आफैलाई ढलाउन खोजे ।” न त गाडी दिएर हुन्छ न त भेतेरै ख्वाएर हुन्छ । उनले छोड्दै छोडेनन् । पाएको छोडि हाल्ने आफु पनि परिएन । गभर्नरको केसमा गभर्मेन्ट मै भुइचालो जान थाल्यो । धक्काले आफै सिथिल भइयो लाग्थ्यो ढलि हाल्छु क्या हो – ‘तर ढलिएन’ उहाँ मुस्कुराउनु भयो । जहाँ आफु लिसो जसरी टाँसिएको छ त्यहाँबाट कसरी ढलिन्थ्यो । आखिर तिनरु नै थाके । अनि गभर्नर हाम्रै कामरेडलाई बनाइयो । आखिर आफैले जितियो । जित त्यहि पनि आफ्नै सम्झदा पनि क्या काउकुती लागेर आउँछ ।” उहाँ मुस्कुराउनु भयो । मैले मात्रै थोडी हार्ने ठेक्का लिया छु र – चुनाउमा हारियो हारियो क्याविनेटमा पनि लास्टै हारियो मन्त्रीहरुस“ग । आफ्नो कुरा कहिल्यै नहुने खाली उनकै कुरा हुने । आफुले भनेको उनले नटेर्ने खाली मैले नै टेर्नु पर्ने । जेहोस यसपाला आफैले जितियो गभर्नर हाम्रै कामरेडलाई बनाइयो । घटना ऐतिहासिकै भयो । यस पाला आफैले जितियो । जित्न के विधि गाह्रो । हार्न त सजिलै हुन्थ्यो । हारेर पनि सजिलै गभर्मेन्ट बनाइयाथ्यो । सरकार आफै ढल्दियो त्यसपछि संख्या अरुले नै पुर्याइ दिए । सभाषद पनि अरुकै आग्रहमा बनेको छँदै थिए । आखिरमा ख्यालख्यालमै गभर्मेन्ट बनाइयो तर गभर्नर बनाउन त लास्टै गाह्रो भयो । झण्डै बनी सकेको गभर्नर पनि उडेको ।
(बिश्वदीप साप्ताहिक मा प्रकाशित )

विधा :
लेख / ब्यङ्य
नेपाल त नयाँ भइसक्यो ।
Monday, March 22, 2010
पृथ्वी तलको यो नेपाल भन्ने मुलुकमा नयाँ नेपाल, नयाँ नेपाल भनेर सुनिन थालेको धेरै भएको छ । विगत दुई तिन वर्षदेखि यता अहिलेसम्म नयाँ नेपाल नयाँ नेपाल भनेर फलाकेको फलाकिएकै छ र गजपै मान्नु पर्छ नयाँ नेपालका लक्षणहरु धमाधम देखिन थालेका छन् ।
पैले-पैले नयाँ नेपाल बन्ने भन्ने कुरा सुन्दा खुब रमाइलो लाग्याथ्यो । मख्ख परियाथ्यो- ‘लौ अब केही हुने भयो ।’ हाम्रो चिरिफुरी र फर्याक फुरुक देखेर हामीलाई उल्याउनेहरु पनि थिए । ‘नापियो नयाँ नेपाल भनेर ।’ नयाँ नेपाल बन्नेभो तिनीहरुलाई पत्यार थिएन । तिनीहरुको विचारमा नयाँ नेपाल बन्नु भनेको चमत्कार हुनु थियो । चमत्कारमा तिनीहरुलाई विश्वास थिएन तर विश्वास नगरेर के भो आखिर नयाँ नेपाल आई छाड्यो । चमत्कार भई छाड्यो । तर नयाँ नेपाल बन्छ भन्दा अचम्म मान्नेहरु अहिले नयाँ नेपाल बनिसक्दा अचम्भित हुन छाडे । पैला नयाँ नेपाल बन्दैन भन्दा चाहि अचम्म मान्ने हामीहरु अहिले नयाँ नेपाल बनेको देखेर चाही अचम्मित छौ ।
थुइक्क । कति सम्मको सोझो भइएछ । हुने भन्दा ठिक्क उल्टो भयो । जेहोस् हुनलाई भयो । नयाँ नेपाल नै भयो तर देख्दा अचम्म भयो । जेहोस् नयाँ नेपाल चाही भयो । अब खिस्सी गरेर खै तेरो नयाँ नेपाल आयो भनेर सोध्नेलाई नाक भाचिने गरी मुख लोपार्ने ठाउ भयो । अचम्मै लाग्ने गरी नयाँ नेपाल आयो आयो दिक्क लाग्ने गरी आए पनि नयाँ नेपाल आएको छ अचम्म लाग्ने गरी आए पनि ‘खै त आयो -’ भन्नेका लागि मुखमा बुझो लाउने ठाउ भएको छ ।
तपै भन्नु होला, के हावा कुरा गरेको – खै कहा“ आयो नयाँ नेपाल – धारामा पानी छैन, चिममा बिजुली छैन, जनतालाई सुरक्षा छैन, बजारमा उपभोग्य सामान छैन । “कसरी आयो नयाँ नेपाल -” कुरा यस्तो होइन धारामा पानी आउनै पर्ने हो । धारा बनाएकै पानी आउनलाई हो यदि धाराबाट ध्वार्रर पानी आयो भने त त्यो कसरी नयाँ भयो र – धारामा पानी नआएर हावा आएको त्यो नयाँ भयो त । अहिले धाराबाट पानी आउनु पर्नेमा हावा आईरहेको छ । हावा भनेको ग्यास हो सिलिन्डरमा आउनु पर्ने ग्यास धाराबाट आएपछि त्यो नयाँ भयो कि भएन – भन्नु होला तर यसमा प्रगति के त – यसमा ठुलो प्रगति भएको छ । बिकसित देशमा ग्यासहरु पाइप लाइनबाट वितरण गरिन्छ । हाम्रो देशमा पनि ग्यास पाइप लाइनबाट वितरण हुन थालेपछि यो प्रगति भएन त -
स्वीच खोल्ना साथ पिलिक्क बत्ति बल्छ भने त त्यो के नयाँ भयो र – स्वीच खोल्दा बत्ति बल्ने कुरा त पुरानो भइसक्यो अहिले । नयाँ कुरा त स्वीच खोल्दा पनि बत्ति नबल्नु चाही हो । अहिले त्यही भइरहेको छ । भन्नु होला प्रगति चाही के त यसमा – लामो लोड सेडिङले विद्युत खपत घट्छ र विद्युत खपत घटेपछि विद्युत महसुल पनि घट्छ । विद्युत महसुल घटेपछि जनताको खर्च गर्ने पैसा जोगिन्छ । पैसा जोगाएर बचत गर्न सकिन्छ । बचत गरेको पैसा लगानी गर्न सकिन्छ । लगानी गरेर नाफा कमाउन सकिन्छ नाफा कमाएपछि आर्थिक क्रान्ति हुन्छ ।
गोजीमा पैसा हालेर बजार गएपछि सबैकुरा पाइन्छ भन्ने पुरानो कुरा हो । पैसा तिरेपछि खोजेको कुरा पाइनु त पुरानो कुरा भैहाल्यो नि । नयाँ कुरा त त्यो हो जबकी पैसा तिर्दा पनि बजारमा खोजेको कुरा नपाइयोस् । अझ बजारमा खोजेको केही कुरा नपाइनु बढी नयाँ कुरा हो । प्रगति के त – जबकी बजारमा पैसा तिर्दा पनि आवश्यकीय वस्तु नपाएर सास्ती बेहोर्छन् भने – प्रगती के भने अभाव र सास्तीमा बाचेका जनता जस्तोसुकै विपत्तीमा विचलित हुदैनन् । विपत्तिसग नडग्ने जनताहरु राष्ट्रका आधार हुन् ।
समयले गति लिदै जादा नयाँ नेपालले पनि आफ्ना लक्षणहरु देखाउ“दै जान थालेको छ । क्रान्तिकारी नेताले धर्मलाई ‘अफिमको नसा’ सम्म भन्नु कुनै नयाँ कुरा होइन । क्रान्तिकारी नेताले अन्धविश्वासको विरोध गर्दै हिड्नु कुनै नयाँ कुरा होइन । पुरानै हो । नयाँ नेपालमा पनि पुरानो कुरा गर्दै हिड्नु नयाँ नेपाल माथिको वेइमानी हो । नयाँ नेपाल नबन्ने र नबनाउने लक्षण हो क्रान्तिकारी नेताहरु अन्धविश्वासी हुनु चाही नयाँ हो । यहा नयाँ परिवर्तन स्पष्टै देखिएको छ । प्रमाण के छ भने हाम्रो देशको सबैभन्दा क्रान्तिकारी भन्दै आएको पार्टी अध्यक्षले भैसी पुजा गर्न थाल्नु भएको छ । नयाँ नेपाल बनेको यो जति भरपर्दो प्रमाण अरु के हुन सक्छ -
लोकतन्त्रमा निर्वाचितहरुले सरकार चलाउनु कुनै नयाँ होइन । जन पराजितहरुले सरकार चलाउनु नयाँ हो । त्यो नयाँपनको प्रयास पनि भइसकेको छ यहा । प्रयासका बाबजुत पनि हलुवामा बालुवा भने झै सत्ताको नेतृत्व गरेको दलबाट एउटा जितेको मान्छे पनि सरकारमा पुगेकोले नयाँ नदेखिएर धेरै रात न्रिरा परेको थिएन तर मादप कामरेडले त्यसको उपचार गर्दिएपछि आराम मिलेको छ । नयाँ नेपालबारे चौतर्फी आसंका बढ्दै गर्दा उहाले मुल जरै पकडिएर उपचार गर्दिए पछि । अब नयाँ नेपाल बनेकोमा ढुक्क भएको छ । दिनहु हत्या हुनु राजधानीमै दिनदहाडै गोली ठोकि मारिदा गृहमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनु कुनै नयाँ कुरा होइन । नयाँ कुरा त लाजै पचाएर कुर्सीमा टासिरहनु हो र बेसरम दोष अर्काको टाउकोमा थुपर्नु र शान्ति सुरक्षा दुरुस्त छ भनेर गफ पेलिरहनु हो र यस्तै भइरहदा लाग्छ नेपाल त नयाँ भइसक्यो ।
विधा :
लेख / ब्यङ्य
होली र केटी, गोली र पत्रकार
केही समय अगाडि हामीले होली मनायौ । मनाउनु त के थियो र होली झेल्यौ हामीले । भन्नलाई भनिन्छ होली खेल्ने भनेर तर होली खेल्ने भन्दा झेल्ने बढी हुन्छन् । असुरक्षाले जिवन अस्तव्यक्त बन्दै गइरहेको बेलामा के को खुसियालीमा अविर दलादल गर्नु थियो र – लोला खाएर फोहोर पानीले निथ्रुक भएर जेनतेन होली कटायो हामीले ।
यसपाली होलीको एउटा स्मरणयोग्य घटना छ । के भन्दाखरी होली आउन करिब दुई चार दिन बाकी थियो । मलाई जानु थियो सितापाइलाबाट बानेश्वर । बानेश्वर जान चक्रपथ घुम्ति परिक्रमा गर्ने एउटा र्सार्वजनिक बस चढे । मेरो सिट छेउमा आएर बसिन एउटी सुन्दरी युवती । सोच्नु भयो होला वाह । छेउमा सुन्दरी युवती बसेपछि त घटना स्मरण योग्य भइहाल्यो नि । तर वाह भन्न लायक स्मरण योग्य घटना चाही घटेन । बरु घटना दुखद नै रह्यो । कुरा के भयो भने जब बस स्वयम्भू नजिकै पुगेथ्यो पच्याक्क आवाज सहित काधमा चिसो आयो के भयो भनि सोच्नै नपाई आफु निथ्रुकै । सिल्पटहरुले लोला बजाएका स“गै बसेकी केटीलाई ताकेर । लाग्यो मलाई । मलाई झोक चल्दै गर्दा बस बनस्थली पुगिसकेको थियो । के म अब ओर्लिएर फेरी स्वयम्भू पुगेर ति सिल्पटहरुलाई थर्काउ – धत त्यो भन्दा बढी मुर्खता के हुन सक्छ र – बरु झयाल लगाएर बस्यो टन्टै साफ । त्यसपछि झयाल लगाउन खोजेको कहा हुन्थ्यो झयाल चक्रपथ नन स्पटमा – यत्तिकैमा अर्को लोला टाउकैमा लागेर छताछुल्ल भयो । भिज्न त के बाकी थियो र – अघि नै निथ्रुक भएपछि ।
नालिकै पानी हाने छ कि क्या हो – उभिइ रहेको कालो ज्याकेट वाला दाजुले भने । ‘टेइट कस्तो गनाको’ आफ्नै लबजमा उभिएकै दिज्युले नाक खुम्च्याइन । आफु कुम उचालेर यसो सुघ्छु त ओ हो हो… । रक्सि पनि मिसाएछ कि क्या हो बजियाले – नालीको पानी मात्र त यति गनाउन नपर्ने । मैले भने । अब घरमै गएर हर्ने नि त । आखिर तपैकै कपडामा लागेको क्यारे । तपै त कति भाग्यमानी रक्सीले नुहाउन पाउने । छेउमा बसेकी केटीले व्यङ्ग्य कसि ।
ए रात्तै । उसैलाई हानेको लोला आफुले खानु छ । त्यसमाथि उसैको व्यङ्ग्य कसरी खप्नु – म उसमाथि प्रहार गर्ने शब्दवाणको खोजी गर्दै थिए । यत्तिकैमा बाहिरबाट तेज रफ्तारमा आएको लोलाले केटीको मुहार चुम्न पुग्यो र छताछुल्ल भयो । मैले त्यसको खुसियाली नै मनाउन नपाई अर्को लोला आफैमा बज्रियो म गन्तव्यमा पुगेर बसबाट झर्दै गर्दा नालीको पानीले पूर्णतया रुझेको थिए । झर्दै गर्दा एक बृद्धले भने होलीको दिन नजिकिदै गर्दा केटीको त नजिकै पनि पर्नु हुन्न । लोलाले निथ्रुकै भइन्छ । त्यसपछि म होलीसम्म केटीहरुको छेउछाउ नै पर्न छाडे ।
आजकाल भकाभक सञ्चार व्यवसायी र सञ्चार कर्मीहरु मारिन थालेका छन् । धेरै पत्रकारहरु गोलीको सिकार भइसकेका छन् भने धेरै पत्रकारहरु गोलीको सिकार हुनेवाला छन् । होलीमा केटीहरुमाथि लोला बर्सिएझै आजभोली पत्रकार माथि जहितही गोली बर्सिन थालेका छन् । होलीमा केटीहरुसग छलिएर हिडे जस्तै आजभोली म पत्रकार साथीहरुस“ग तर्किएर हिंड्ने गर्छु
विश्वदीप साप्ताहिक

कुरा खुस्किन्छ रे
माओवादी अध्यक्ष प्रचण्डले कार्यकर्तालाई निर्देशन दिनु भए’छ ‘मलाई अब बोल्न बाध्य नपार्नोस ।’
यस अगाडी पटक-पटक विवादास्पद अभिव्यक्ति दिंदै विवादमा पर्दै आउनु भएको कामरेड प्रचण्डले यस्तो निर्देशन दिनु भएको हो । कारण किन – थाहा छ तपैलाई – बोल्यो भने कुरा खुस्किन्छ रे । त्यसैले उहा“ले गज्जपको जुक्ति निकाल्नु भा’छ- ‘अब बोल्दै नबोल्ने कुरा पनि नखुस्काउने ।’ निकै अगाडि देखि नै कामरेड प्रचण्डको मुख साह्रै खुकुलो भयो भन्दै उहा“को चौतर्फी आलोचना हु“दै आएको छ । उहा“को मुख खुकुलो भएकोले उहा“को पार्टी उहा“ साह्रै अप्ठेरोमा पर्दै आउनु भएको छ । उहा“को बोलीले पार्टी अप्ठेरोमा पारेको भन्दै केही समय अगाडी उहा“को केन्द्रिय समितिले उहा“लाई सोचेर मात्र बोल्न निर्देशन दिएको थियो । उहा“ले ‘हुन्छ’ भनेर मुन्टो हल्लाउनु भा’थ्यो रे त्यति बेला । तर पछि कति गर्दा पनि सोचेर बोल्न नसके पछि उहा“लाई साह्रै झोक चलेछ । ‘धत । नेता भएर पनि सोचेर बोल्छन् त -’ सोचेर बुद्धि पुर्याएर काम गर्ने भए त नेता नै बनिदैन थियो नि ।
त्यसपछि उहा“ले निर्णय गर्नु भएछ । ‘अब नबोल्ने’ सोचेर बोल्नु भन्दा बोल्दै नबोल्ने, बोल्दै नबोले पछि कुरा खुस्किने डरै भएन । त्यसैले अब नबोलेर नै कुरा नखुस्काउने । सोचेर बोल्नु भन्दा बोल्दै नबोल्नु नै सजिलो भएपछि उहा“ले कार्यकर्तालाई निर्देशन दिनु भयो- मलाई बोल्न बाध्य नगर्नोस । किनकि बोल्यो भने कुरा खुस्किन्छ ।
कामरेड प्रचण्ड बोल्न थालेपछि प्याच्च बोल्नु हुन्छ । नचाहदा नचाहदै पनि उहा“को मुखबाट कुरा खुस्कि हाल्छ । नचाहदा नचाहदै प्वाक्क कुरा खुस्किनु भनेको आफ्नै बोली आफ्नो बसमा नहुनु हो । उहा“ आफ्नै ज्रि्रो त आफ्नो बसमा राख्न सक्नु हुन्न भने कार्यकर्तालाई कसरी बसमा राख्नु हुन्छ कुन्नी – कार्यकर्ताले उहा“को यो निर्देशन पनि के टेलान र है -

भैंसी पूजा
ç शनिश्चराय नमः’ भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले भैंसी पूजा गर्नु भा’छ । र्सकारबाट खुस्केपछि आफै ‘अनयोर मार्क’, ‘गेट सेट’को अवस्थामा पटक पटक खुट्टा उचाली रहेका अध्यक्ष प्रचण्डलाई कसैले ‘गो’ को आदेश नदिंदा उहा“ अहिलेसम्म र्सकारा“ पुग्नु भा’को छैन । कतिपल्ट ‘गो प्रचण्ड’ को आत्मआदेशबाट प्रेरित भएर धेरै पटक आफै नकुद्नु भएको पनि होइन उहा“ । तर कहा“ कुरो बिग्रियो उहा“को बाटो सरकारसम्म पुगेर कहिल्यै टुङ्गएिन । उहा“को बाटो बिचमै हरायो । जति कुदे पनि दर्ुभाग्यै मान्नु पर्छ उहा“ कहिले पनि सरकारमा पुग्दै पुग्नु भएन बरु माधव कामरेडको हरुवा सरकारले कमाल देखायो । बाइस वटा टेको लगाएर भएनी नौ महिना कटायो । कामरेड प्रचण्ड सडकको सडकमै ।
सरकार खुस्क“दै गर्दा कामरेड प्रचण्डले भन्नु भा’थ्यो प्रभुहरुको कारणले सरकार छोड्नु पर्यो । विदेशी प्रभुहरुले आफुलाई पटक पटक झुकाउन चाहेको तर आफुले प्रभुहरुस“ग नझुकेकोले सरकार छोड्नु परेको उनको भनाइ थियो । तर ख्याल ख्यालमै सरकार छोडेपछि जब मादप कामरेड प्रधानमन्त्रीको कर्ुर्सर्ीी विराजमान भएर खुट्टा हल्लाउन थाल्नु भो तब पो उहा“लाई झल्यास्स भो ला । ख्याल ख्यालमै सरकार छोडि सकिएछ । मेरो ठाउ“मा त अर्कै झिल्के पो बसेर मुसुमुसु हा“स्दै खुट्टा हल्लाउ“दै छ त बा । उहा“लाई थक्क थक्क भो बेकारमा छोडिएछ । त्यसपछि उल्याउन थाल्नु भो- मादप कामरेडलाई हरुवा, कठपुतली, रिमोटे, विषवृक्ष जस्ता नामले । तर मादप कामरेड न पर्नु भो किन छुन्थ्यो यस्ता मामुली गाली र उल्याइहरुले वर्षौदेखि खोजेको भाग बल्ल बल्ल पाएका उहा“ले ज्रि्रो फड्कार्रर्दै खान थाल्नु भो । कामरेड प्रचण्डलाई सहि नसक्नु भो । उहा“का निधारमा पसिना देखिए । पसिना पुछ्दै कामरेड प्रचण्ड खुइप गर्न थाल्नु भो ।
प्रभुप्रति अनादर देखाएर नास्तिकता पर््रदर्शन गरेकोमा आफैप्रति झोक चलेको हुनर्ुपर्छ कामरेड प्रचण्डलाई । लौ भएन भन्दै प्रभुप्रति सभक्ति तुहिन थाल्नु भयो तर प्रभुले गन्न छाडे । त्यसपछि नाचगान सहित प्रस्तुत हुनु भो । रेखास“ग लालुपाते नुह्यो भुइतिरको तालमा खुवै नुहिनु भयो प्रभुहरुस“ग । तर प्रभुहरुले टेरेनन् । त्यसपछि रिसको पारो चढ्यो विदेशी प्रभुस“ग । आक्रोसित भएर उहा“ चिच्याउनु भयो ‘विदेशी प्रभु मर्ुदावाद ।’
विदेशी प्रभुस“ग सम्बन्ध टुटेका कामरेड प्रचण्डको भरोसा अब स्वदेशी प्रभु हुनु भयो । स्वदेशी प्रभु गिर्जाउ कहा“ गएर उहा“ले टाउको थाप्नु भयो- “प्रभु आशिर्वाद दिनोस” । जब प्रभुबाट आशिर्वाद मिलेन, उहा“ले भन्नुभयो- “प्रभु अघि बढ्नोस म हात दिने छु ।” प्रभु पनि बढो मा’पाको पर्नु भयो । उहा“ले त छोरीलाई देखाउ“दै भन्नु भयो लौ यिनैलाई अघि लगाउनु । उहा“ तिनलाई पनि अगाडि लगाउन झण्डै राजी हुनु भयो भन्ने खासखुस चल्दै थियो स्वदेशी प्रभुले त मादप कामरेडलाई पो बोलाएर भनिदिनु भो की मेरो र्समर्थन तिम्लाई नै छ । कामरेड प्रचण्डको स्वदेशी प्रभुस“ग पनि मोह भंग भयो ।
आफ्नो हितकारी प्रभु नपाएर विरक्तिएका प्रचण्ड कामरेडले एकदिन भाषण ठोकेर फर्किदै हवाई गरेर भैंसी कराएको सुन्नु भो । भैंसी कराएको सुनेर उहा“लाई एउटा नेपाली लोक कथाको याद भएछ । कथा के थियो भने- जब ब्रम्हाजी मानव सृष्टि गर्दै हुनुहुन्थ्यो उहा“को सृष्टि धेरै पटक असफल भएको थियो रे । मानव सृष्टि गर्ने क्रममा उहा“ले सुन चा“दी, हिरा मोती जस्ता बहुमूल्य वस्तुहरुको मानव बनाउनु भयो रे तर मान्छे बोलेन र पटक पटकको सृष्टि असफलताले बिरक्तिएका ब्रम्हाजीको अगाडी एउटा कुखुरा आएर पित्क्याइ दिंदा ब्रम्हाजीलाई उठ्नुसम्म रिस उठेछ । उहा“लाई झोक चलेछ यहि आचीको मान्छे बनाइ दिउ“ कि क्या हो – त्यसपछि सुली र खरानीको मान्छे बनाउनु भयो रे ब्रम्हाजीले । अनि लहडैमा उहा“ले बोलाउनु भयो रे सुलि मानवलाई- “ओ मान्छे” भनेर । सुली मानव बोल्यो रे “हजूर” भनेर । भनिन्छ त्यहि सुलि मानव नै हाम्रा आदिम पर्ुखा हुन भनेर ।
प्रभुहरुस“ग बिरक्तिएका कामरेड प्रचण्डलाई पनि झोक चलेछ । “यहि भैंसी प्रभुलाई पूजा गरौं कि क्या हो -” भनेर । त्यसपछि उहा“ले ज्योतिषीहरुस“ग सल्लाह गर्नु भएछ । ज्योतिषीहरुले उहा“को काइदाको तारिफ गरेछन् त्यसपछि उहा“ले भैंसी पूजा गर्नु भयो । प्रभुहरुस“ग कहिल्यै नझुक्ने भन्दै आकाशतिर हर्ेर्दै हिंड्दा पटक पटक खाल्डामा पर्नु भएका कामरेड प्रचण्ड भैंसी प्रभुका अगाडि नराम्ररी झुक्नु भयो ।
कामरेड प्रचण्डको भैंसी पूजास“गै राजनीतिक वृतमा कोलाहल मच्चिएको छ । अब भैंसी प्रभुका कृपाले कामरेड प्रचण्डले फेरी प्रधानमन्त्री पदको रस्वादन गर्न पाउनु हुने भयो भनेर । कोलाहल के कारण मच्चिएको हो भने- भैंसी-प्रभु प्रभुहरु मध्येका सबै भन्दा शक्तिशाली प्रभु हुनुहुन्छ । किन भने भैंसी प्रभु हामीलाई नाम सुन्दैमा आङ जिरिङ्ग हुने यमराज प्रभुका वाहन हुनुहुन्छ । अब कामरेड प्रचण्डस“ग भैंसी प्रभु खुसी भएर यमराज प्रभु कहा“ कुरा पुर्याइ दिनु भयो मादप सरकारको आयु सकिन के बेर । आखिर सरकारका विरुद्ध यमराजै खडा भएपछि बचाउने कसको तागत -
कामरेड प्रचण्डको भैंसी पूजाले राजनीति कर्मीहरु आत्तिएकै बेलामा गिर्जाउलाई पनि लागेछ लौ यिनले अब बिताउने भए । त्यसपछि उहा“ले छोरीलाई अह्राउनु भएछ- “लौ नानी अब त“पनि भैंसी पूजा गर । पिताजीको आदेश मुताविक सुजु दिज्युले पनि त्यसपछि भैंसी पूजा गर्नु भयो ।
प्रधानमन्त्री बन्न खुट्टा उचाली रहेका कामरेड प्रचण्ड र सुजु दिज्युले भैंसी पूजा गरेपछि मादप कामरेडको निद हराम भएको छ । सुनिदै छ भैंसी पूजाबाट सरकार ढल्ने देखिएपछि कर्ुर्सर्ीीोगाउन उहा“ले अब सिंह पूजा गर्दै हुनुहुन्छ रे । तपाईलाई थाहै छ सिंह देवीको वाहन हो । यसबाट थाहा हुन्छ कि अब सरकार ढाल्ने र बचाउने खेलमा प्रभुहरुको प्रत्यक्ष संलग्नता रहन्छ । अब नेपाली राजनीतिमा प्रभुहरुको चलखेल अवश्यंभावी छ ।
यसलाई यसरी मात्र नबुझौं । स्वर्गीय गणेशमान सिंह भन्नु हुन्थ्यो रे- नेपाली जनता भैंसी हुन् । का्रग्रेस प्रचण्ड र सुजाता दिज्युले जनता जनार्दन हुन भनी सम्मान देखाउन पो भैंसी पूजा गरेका हुन कि -

Subscribe to:
Posts (Atom)