प्रकाशको आसुँ
पैले पैले अनिस्ट पर्दा
राती आकाशका तारा रुन्छ भन्थे । यसपाली प्रकाश रोए र अनिस्ठ सुरु भएको घोषणा गरे ।
तारा पिलपिल रोए पनि प्रकाश ले चम्किने गर्थ्यो । अहिले केस फरक पर्यो । यस्पाली प्रकाशै
रोए । प्रकाशै रोएसी धर्तिको उज्यालो सेलाउदै गयो । बातावरण अन्धकारमय भयो । चारै तिर
अन्धकार छायो । संबिधानसभाको आकाशमाथी कालो बादल मडारियो । सर्वदलिय बैठकमा के भयो
भनी जान्न ब्यग्र पत्रकारको अगाडि उनी क्वाँ क्वाँ रुँदै प्रकट भए । माइक र केमराको
सामुन्ने आइपुग्दा उन्को रुवाइको भोलुम अझै तेज भयो ।
"ही ही ही ही
!"
उनी रोए ।
"हैन नेता कामरेड
के भयो तपाईंलाई । "
पत्रकारले सोधे ।
"ही ही ही ही
!"
उनी बोलेन मात्र रोइरहे
"ही ही ही ही
!"
"हैन कामरेड के
भयो तपाईंलाई ? खाली रोइरनु हुन्छ । यत्राो जुँगा मुठे मान्छे यसरी रुन्छन ?? देख्नेले
नि के भन्लान ? बेइज्यत । "
एक जना अली पाका पत्रकारले
फकाउदै सोधे ।
"खुपै । जुँगा
मुठे ! को जुँगामुठे ?"
उनले भने ।
विधा :
लेख / ब्यङ्य
बन्दको लहर आयो बरिलै
Wednesday, May 16, 2012
लामो समयको ग्याप पछी
फेरी दिनै जसो भटाभट नेपाल बन्द हुन थालेका छन । संबिधान बन्ने दिन नजिकिदै जाँदा संबिधान
सभा चुनाव हुने बेला ताका जसरी नै दिनहुँ बन्द हुन थाल्दा हाम्रो शिशु गणतन्त्र साँच्चिकै
संस्थागत हुन थाल्यो कि भनेर मनमा त्यसै त्यसै हर्श को मेची काली उर्लिएको छ । जसरी
पैले पैले दिनहु बन्द हुँदा जसरी संबिधान्सभाको चुनाव भाथ्यो अहिले पनि उसै हरी दिनहु
बन्द हुँदा संबिधान नै बन्ने हो कि भन्ने आसा उखर्माउलो बन्दै गएको छ । त्यसभन्दा पनि
दिनदिनै बन्द, बिहान बिहानै बन्द । दिम्सो दिनभरी बन्द । बेलुका फेरी सम्साझै बन्द
। उस्तै परे निन्द्रा लागेन भने मध्यराती उठेर पनि बन्द ।
यसरी लगातारको बन्दले
नेपाल साच्चिकै नेपाल जस्तो देखिएको छ । लामो समय सडक नदेखिएको नेपाली पन फेरी जुर्मुराएको
छ । फेरी सडक हरु रित्ता देखिन थालेका छन । झड्याम झड्याम गाडी हरु धुलिन थालेका छन
। सडक हरु बडा गणतान्त्रिक देखिन थालेका छ । तपाईं भन्नु होला क्या हो यो गणतान्त्रिक
सडक भन्या भनेर ? वास्तवमा हाम्रा सोचमा उठेको गणतन्त्र त्यो हो । जहाँ मानिस स्वतन्त्र
हुन्छन । ठुला साना सबै बराबर हुन्छन । यो बन्दमा पनि असिमित स्वत्रन्त्रता हुन्छन
काला काला सडकको बिचबाट मस्ताराम हिंड्न पाईन्छ । कसैले रोक्दैनन नत गाडी ले हान्ला
भन्ने डर नै हुन्छ । फेरी गाडी भएका र नभएका दुबै थरी मान्छे हरु एउटै सडकमा पैदलै
हिड्छन ।
विधा :
लेख / ब्यङ्य
कुरै कुरामा भुलाएर फुत्त सरकाराँ छिराउन के बेर तपाईंले
"ए कामरेड
!"
चलाईराखेको मुस्ताङ
गाडी रोकेर टिटिट पार्दै कामरेड बाबुरामले सोध्नु भयो ।
"कता ?"
"दक्षिण तिर ।
"
सिनित्त आइरन गरेको
कोट पाइन्ट । उभो फर्काएको कपाल चेस्मा अनी चड्कन खाइ रातो बनेको भुक्लुक्क उप्सिएको
च्वाँक गालामा चिरिच्याट्ट परेका कामरेड झलनाथले मन नलागी नलागी उत्तर दिए -"दक्षिन
तिर लागेको म ?"
"दक्षिण पट्टी
रे ??"
जुगाँ मुसार्दै बाउराम
कामरेडले भन्नु भयो .
"दक्षिण तिर लाग्न
हुन्न "
कारण खुलाउनु भयो ।
"दक्षिण तिर लाग्यो
भने भने दक्षिणपन्थी होइन्छ । "
"के रे के रे
? कम्निस्ट पार्टीको कार्जेलए जाँदा नि दक्षिणपन्थी होइन्छ थोडी ?"
टाउकाबाट बाफ छुटाउदै
कामरेड झलनाथले भन्नु भो ।
म बस्छु डल्लु पार्टी
कार्यलय छ बल्खु । अनी दक्षिणजादा दक्षिणपन्थी होइन्छ भनेर उत्तर लागुम म ??
विधा :
लेख / ब्यङ्य
भरे बेलुका पानी पर्यो भने ??
Saturday, May 5, 2012
त्यतिबेला एक्कासी मेघ गड्गडाउने
छ
बिजुली चम्किने छ
र झपक्कै छोप्ने छ कालो
बादलले
हेर्नको लागि आकाश
हुने छैन
गन्नको लागी तारा
हुने छैन
साच्चै भरे बेलुका
पानी पर्यो
भने
के सोचेर बस्ने होला
,
कुन गीत सुन्ने होला
?
विधा :
कबिता/गजल
Subscribe to:
Posts (Atom)