हाम्रा सडक
पार्टी संगठन र आन्दोलन हरु एक अर्काका पर्याय झै भएका छन । पार्टी र संगठनको
पहलमा यहाँ आन्दोलन हरु बाक्लाई हुने गरेका छन । दिनहु आन्दोलन हुने हाम्रो
मुलुकमा आन्दोलन कुनै ठुलो र चर्चा योग्य कुरा होइन । तर पनि कुनै कुनै आन्दोलन चै
निकै घतलाग्दो हुने गर्दछन । यसपाली युवा सघ नेपालले गरेको आन्दोलन त्यस्तै घत
लाग्दो थियो । अहिले को जमानामा मान्छे हरु सुख खोज्छन र कुनै पनि कुरा छिटो र
सजिलै होस् भन्न्ने चाहन्छन । यसपाला युवा संघ नेपाल को आन्दोलन त्यही चाहना बाट
प्रेरित जस्तो देखिन्थ्यो । खासमा भन्नु
पर्दा आन्दोलन अलिक बिलासी थियो ।
चट्ट केटा हरु
बिहान उठ्थे चोक मा गएर चिया खान्थे । सडकमा जान्थे गाडी हिंड्ने बाटो बन्द गरेर
बिच सडकमा कोही पलेटी मारेर बस्थे त कोही यता उती टहलिन्थे । मूड चल्यो भने नारा
पनी लगाइ टोपल्थे । चलेन भने कानमा एयर फोन घुसारेर अनी सुन्यो
-"चलाओ ना
नैनो से बाण रे
जान ले लो ना जान
रे
कहीं निकल न जाये
हम्रि बडी से, प्राण रे"
अनी खुटा हल्लायो
। अझ कती ले त मादल पनी बोकेका थिए । बजाएर न्रित्य समेटा गर्न भ्याए कसै कसैले ।
त्यसपछी आफ्नो आफ्नो काम मा गए । काम नहुने हरु घर गए अनी लुडो खेलेर बसे । धन्न
आन्दोलन का कुनै दिन पनी पानी दर्केन ।
चरक्क चाम चर्केन र बतास चलेन आन्दोलन साह्रै सुबिधा जनक रुपमा सम्पन्न भयो । कुनै
मार मुग्री इटा हानाहान र लाठिको बर्षा भएन । आखिर सर्वसाधारण त सधैं सास्थी पाएकै
हुन । यसपाली पाउनु कुनै नयाँ पनि भएन । भन्नलाई भन्थे आन्दोलनकारीहरु चक्काजाम
६-१० सम्म मात्र तर वास्तविक चक्कजाम भने त्यसपछी हुन्थ्यो । एक्कसी खुलेको सडकमा
उर्लिएको सवारी चाप ले यती जाम हुन्थ्यो
कि चक्का घुम्दै घुम्दैनथ्यो ।
आफ्नो भात्री
संगठनको यस्तो लक्जरी आन्दोलन बाट नेता हरु भने खुब हौसिएका छन । त्यही जोसमा ओली
कामरेडले भन्नुभाछ -"अब बाउरामलाई टिपेर फालिन्छ । " मादप कामरेड ले पनी
यसै भनिसकेछन .
यता बाउराम को
पनि आन्दोलन कम्ता चर्चायोग्य छैन उहा सरकारमा भएर नी आन्दोलनमा हुनुहुन्छ । यो
कुर्सी भन्ने चिज कहिले यत चिप्लिन्छ कहिले उता चिप्लिन्छ । घरी कार्याक कार्यक
गरेर भाचिएला भन्ने डर कहिले सुपर ग्लु टाँस्या छ कहिले बाहिर जाँदा नि बोकेर
हिड्या छ । उहा अर्को रुपमा हुनुहुन्छ ।
No comments:
Post a Comment