गरिखान देउ !!

Wednesday, August 15, 2012


केही बर्ष अगाडी देखी खुइलिएको होर्डिङ बोर्डमा लेखेको देखिन्थ्यो -"गरी खान देउ " । नारा देख्दा बडो जोसिलो लाग्थ्यो । हो यार जीवन मा केही गर्छु भन्ने हरुका लागि केही गर्न दिनु पर्छ । मुलुक मा केही गर्न मरिमेट्ने हरुका हात छेक्नु हुन्न । कसैले पौरख गरेर खान चाहन्छ भने उसलाई रोक्नु हुन्न । साच्चै नै बडो राम्रो संदेश बोक्या छ नारामा । सडक मा खाली भित्ता, पर्खाल देखी बिजुलिका पोल अनी डिभाइडरमा समेत लेखेको देख्न पाइयो -"गरी खान देउ !" यसो हेर्दा लाग्थ्यो , हामी नेपाली कती सम्म पौरखी बनेछौ गाँठे ! जही तही गरिखान देउ देखी लेख्या देखिदैन । गरिखान देउ नै लेख्या टिसर्ट लगाएका मानिस देख्दा लाग्थ्यो -"भने जस्तै गरिखान पाउने हो भने भने त यो मुलुकै झिलिमिली हुने थियो होला केही दिनमै !

एक नेता जसको राजनीति इतिश्री भएको छ अस्ती देखी । भ्रस्ट्राचार अभियोगमा दोसी ठहरिएका खुमबहादुर खड्का अब डेड बर्षको लागि जेल जाने भएका छन । एउटा नेता जो मन्त्री भयो । लाखौं जुक्ती बुद्दी लायो । खायो  पियो  अकुत कमायो । गाडी बङ्गला बैंक ब्यालेन्स अर्बौको मालिक भयो । खोक्र्याएको त जाबो मुलुक न हो । तर मान्छेहर्लाई देखिसाध्य  भएन । अनेक जालझेलले फसाए अरु त अरु अर्बोच्च उत्रियो खुरापातीमा । बिचरा अझै कमाउने प्लान थियो होला । यस्तो कुबेलामै खोर पठाइदिए । गरिखाने बाटो हरायो कमाउने माध्यम टुट्यो । साच्ची भन्नु पर्दा त्यो फैसला गरिखान देउ को मान्यता बिपरित थियो ।
वास्तव मा खुमबादुर कर्मावीर थिए । दसकौ देखी लगातार भ्रस्ट्राचार गर्दै आएका खुमबादुर लाई यस्ता फैसला त के फैसला को बाउ नै आए नि केही रोक्ने थिएन । त्यसैले जिल्ला तिर बाट उचित पेरिसरमिकमा ट्रकका ट्रक मुन्द्रावाल हरु भित्याए अनी सडक मा बितन्डा मच्चाए । गाडी हरु फुटाए डिभाइडर भात्काए अनी नारा लगाए । आसय थियो गरी खान देउ ! कमाउन देउ मुलुक लुट्न देउ !
त्यस दिन देखी किन किन गरिखान देउ भनेको सुन्ने बित्तिकै उल्कै हासो उठेर आउछ । त्यसै त्यसै खित्खिताउन मन लाग्छ । आखिर काम गर्ने हरुले त कुन दिन अवसर पाएका छ र ? खाली अकुत कमाउन र मुलुक लुट्न त खुला छ बर्शै भरी । भ्रस्ट्रलाई जेल हाल्दा नारा लागौनु र सडक मा बितन्डा मच्चाउने भनेको भर्खरै सकिएको गाइजात्रा फेरी बल्झाउनु थियो र हेर्नेलाई मरी मरी हसाउनु थियो ।
यसबिचमा काँग्रेस देउवा पक्षले बैठकै बसी गरेको बिरोध अझै हाँसउठ्दो छ । तर देउवापक्षले बुझ्नु पर्थ्यो एउटा भ्रस्ट्र जेल पर्दा मुलुक त्यसै हाँसेको छ । अब गरीखान देउ भनी भनी हँसाइरहनै पर्दैन !   

2 comments:

mskhanal said...

हाम्रो नी माग गरि खान देउ

दिनेश राज said...

गरि खाऊन् तर तिन्का बौ को सम्पत्ति मात्र :)

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका