ठुला मान्छे का ठुलै सपना ठुलै डिमान्ड । अरु
अरु भए भन्थे होलान बा बाइक किन्दिनोस न बाइक चडुम । ठुलै धनीमानी भए कार सम्म
किनिदिन भन्थे होलान बाबु संग । उनी परे प्रचन्डका पुत्र । चड्ने माग पनि ठुलै भयो
। उनले बाइक भनेनन कार भनेनन । ओठमा रेखी बसी सक्या मान्छे चिडियाखाना गएर
-"बाबा बाबा म हात्ती चाड्ने" भन्ने कुरा पनि भएन । भैंसी चड्नलाई उनी
राष्ट्रपती महोदय का छोरा पनि हैन । फेरी उनका पिता भैंसी चड्नेलाई खिसी गर्नुन्छ
। बाउले खिसी गर्ने कुरा क्यारी डिमान्ड गर्ने ? फेरी भैंसी चढिहाल्नु पनि त भएन । कारण एक पटक पिताजीले भैंसी पूजा
गरेका छन । पूजा गरी सकेका कुरा माथि चड्नु माहापाप पनि हो । अब बाँदरका झै धुरी
चाडनु भएन । लोखर्के का झै रुख चाड्नु भएन । पिताजी हावाइजहाज पानी जहाज पनि
चडाइदिन सक्थे उनलाई तर त्यता मन गएन उनको । के चड्ने त अब ? उनले सोचे ठुलो कुरा अग्लो कुरा के हुन्छ
त ? अन्त्यमा
मुलुकका ठुलो मान्छे उनको पिताको काँध भन्दा अग्लो कुरा केही पाएनन । यत्रो लाठे
छोरो भएर बाउको काँध चडेर के हिंड्नु ? अब चड्ने चाँही के त ?यसो
एक चाइना फेसबूक चलाऊन छाडेर गूगल गर्ने बिचार
गरे । अनी सर्च बक्स मा टाइप गरे -" हाइजेस्ट " रिजल्ट हरुको
भिडमा देखियो -"सगरमाथा" पुत्र प्रकाशका आँखा खुशीले चम्किए । "
सोचे यही चड्छु अब ।
पुत्र प्रकाशले पितालाई माग गरे -" ओ
ड्याड मलाई सगरमाथा चाढ्नु परो । "