अन्तत फेरी
शान्ती र संबिधानले पूर्णता पाउने लक्षणहरु धमाधम देखिन थालेका छन । यो लक्षणहरु
प्रधानमन्त्री ज्युको शान्ती प्रकृया प्रतिको , संबिधान निर्माण प्रतिको
चिन्ता बाट देखिएको हो । धन्य प्रधानमन्त्री ज्युको चिन्ता , जसले गर्दा यती सकारात्मक लक्षण हरु देखिन थालएका छन । अहिले देखिदै छ कसैको
चिन्ताले कती धेरै मानिसलाई उत्साह जगाउछ । कसैको चिन्ताले कती धेरै मानिस मा आसा
जगाउछ । साच्ची प्रधानमन्त्री ज्यु चिन्तित हुनुहुन्छ । सान्ती र संबिधान प्रती ।
त्यसैले त उहा कुनै पनि हालत मा सान्ती र संबिधान मा नकारात्मक प्रभाव पर्ने कुनै
पनि कुरा गर्न गराउन चाहनु हुन्न । उहाले धेरै ठुला ठुला निर्णय गरेर र ठुला ठुला
निर्णय नगरेर दुबइ तबरले शान्ती र संबिधानलाई भाडिन बाट बच्चाउनु भएको छ । त्यसैले
अब छिटो छिटो संबिधान बन्ने लक्षणहरु देखिन थालएका छन ।
अस्ती मात्र केही
उरन्ठ्यौला सभासद हरुले लडाकुहरुको पैसो माओवादीले कुम्ल्यायो भनेर संसदमा ठुलो
होहल्ला मच्चाए । निश्चय पनि शान्ती र संबिधान को कुरा चलाउनु पर्ने संबिधानसभामा
त्यती ठुलो होहल्ला हुनु निकै खतरापूर्ण कुरा थियो । यता मिडिया हरुले पनि लडाकुको
पैसो माओवादीले खायो ! लडाकुको पैसो माओवादीले खायो भनेर मच्चाउनु सम्म खल्लिबल्ली
मच्चाए । यसबाट प्रधानमन्त्री खुप चिन्तित हुनु भो । शान्ति प्रकृयालाई पुरा गर्नै लागेको बखतमा
त्यत्रो ठुलो हल्ला मच्चाउदा शान्ती प्रकृया कहाँ पुग्छ होला ? त्यसैले उहाले अस्ती भर्खर सचेत गराउनु भयो - शान्ती शान्ती!! हल्ला नगर्नोस ।
हल्ला गरेसी अशान्ति हुन्छ । अशान्ती बढे पछी शान्ती बिथोलिन्छ ।
वाह !क्या काइदा बिचार । साच्चै विद्वान भनेका
विद्वान नै हुन ।
प्रधानमन्त्री
ज्यू शान्ती ल्याउन तल्लिन हुनुहुन्छ । त्यसैले उहा हल्ला रुचाउनु हुन्न । त्यसैले
उहा जम्बो मन्त्री मन्डल बनाउनुहुन्छ तर सत्ता सझेदार दल हरुको कचकच रुचाउनु हुन्न
। उहाले उहिल्यै हत्या आरोपी लाई मन्त्री बनाउनु भएको थियो । गर्ने ले जती बिरोध
गरे पनि यो मुलुकमा शान्ती स्थापना गर्ने एउटा महत्वपूर्ण कडी थियो । किन भने
हत्या आरोपीलाई मन्त्री बनाउदा एक त तिनी मन्त्रालय जान्थे र समाज मा रहदैन थिए
त्यसो गर्दा समाजमा मानिसलाई उनको डर त्रास हुँदैन थियो । दिन दिनै तिनले बिताउछन
कि भन्ने भयमा जनतालाई बाँच्नु पर्दैनथियो किन कि तिनी मन्त्रालयमै भुलिन्थे ।
अर्को कुरा मन्त्री भएसी अर्थात सत्तामा पुगेसी एकाएक मान्छे हरु बदलिन्छन र तिनका
स्वाभाब हरु परिवर्तन हुन्छन । पहिले
पहिलेका असल र प्रिय र लोकप्रिय नेता हरु सत्तामा पुगेसी एकाएक खराब र अलोकप्रिय
बन्थे । यसै तथ्यलाई मध्यनजर गर्दै प्रधानमन्त्रिले खराब मान्छे लाई मन्त्री बनाउनु
भयो । जसले गर्दा ति खराब मान्छे बदलिदा असल मान्छे बन्छन भन्ने उहाको मान्यता
थियो । फेरी मन्त्री भएसी जहिल्यै सुरक्षाकर्मिको घेरा भित्र हुने गर्दछन । तेसो
गर्दा उनी सधैं भरी प्रहरिको कब्जामा हुन्थे र फरार हुन पाउन्न थिए । तर पछी चारै
तिर होहल्ला बढ्न थालए पछी । अशान्ति छायो र प्रधानमन्त्रीज्युले ति मन्त्रिलाई
हटाउनु भयो । शान्ती कायम गर्न प्रधानमन्त्रीले लगाएको हत्या आरोपी मन्त्री
नियुक्तिको तिरिक फेल खायो ।
प्रधानमन्त्री
ज्यु खुब चिन्तित हुनुहुन्थ्यो समयमै संबिधान लेख्न सकिदैन कि भन्ने मा । उहा कुनै
पनि हालतमा संबिधान लेख्न चाहनु हुन्थ्यो । यसको लागि चटारो पारी रहेको थियो त्यसै
बेला हत्या आरोपी सभासद जेल हाल्ने फैसला सुनायो । उसै त संबिधान बनाउन यस्तो
चटारो परीरा'बेला सभासद लाई कहाँ जेल पठाउनु ? सभासदलाई नै जेल पठाएर कस्ले लेख्ने संबिधान ? त्यसैले अपराधीलाई जेल
नपठाएर भए पनि संबिधान त लेख्नै पर्यो । त्यसपछी उहाले सभासदज्यु लाई आममाफिको
लागि राष्ट्रपती लाई सिफारिस गर्नु भयो ।
यसरी अहेले
प्रधानमन्त्री ज्यु शान्ती र संबिधानको लागि सहि गलत केही नभनी दिनरात खटीइ रहनु
भए छ । यही बेला मान्छे हरु नानाथरी कुरा
गरेर उहालाई बिथोली रहेकाछन । कोही भन्छन भ्रस्टाचार भयो । कोही भन्छन महंगी बढ्यो
। कोही भन्छन सुशासन भएन । कोही भन्छन अपराधीले संरक्षण पायो । कोही भन्छन जग्गा
फेरी कब्जा भयो । कोही भन्छन अराजकता बढ्यो । वास्तव मा यो यस्तो झिना मसिना
कुरामा अल्झिने समय होइन । यो त संबिधान बनाउने समय हो । संबिधान बनाउनु पर्छ ।
भ्रस्टाचार भयो भैरहोस । महंगी बढ्यो , बढी रहोस। अपराधी लाई
कारबाही गरेर बरालिने समय छैन सरकारलाई ।
पैसा कुम्ल्याउनुले कुम्ल्याइ रहोस् छु मत्लब?
यि सबै कुराले
थाहा हुन्छ । प्रधानमन्त्री ज्यु शान्ती र संबिधान मा तल्लिन हुनुन्छ । त्यसैले
कसैले डिस्टर्ब नगर्नोस प्रधानमन्त्रीज्यु लाई उहा शान्ती र संबिधानको चिन्ताले
साह्रै सताएको छ उहालाई !
No comments:
Post a Comment