कांग्रेस नेता शेर बहादुर देउवाले फेरि एक पटक प्रधानमन्त्री बन्ने प्रगाढ इच्छा प्रकट गर्नु भएको छ । त्यो पनि अहिले सम्मको दुर्लभ मानिएको सहमतिय सरकारको प्रधानमन्त्री । कुनै पनि नेतालाई मन्त्री प्रधानमन्त्री बन्ने ईच्छा हुनुलाई कुनै त्यस्तो अचम्म र अस्वभाबिक मान्न सकिन्न । तर उहाँको अहिले प्रकट भएको ईच्छा हेर्दा । सोह्र बर्से जवानिमा उर्लने उखर्माउलो रहर जस्तो देखिएको छ । सोह्र बर्से ठिटौले शैलिमा देउवाजीले भन्नु भएको छ -" अबको प्रधानमन्त्री मै हुने !" अली उत्ताउलो रुपमा प्रकट भए पनि एउटा नेताले आफू प्रधान मन्त्री हुने ईच्छा प्रकट गर्न पाउनु भनेको उसको जन्मसिद्द अधिकार हो। उसको त्यो मौलिक अधिकार हो । उहाँले त्यहि ईच्छा प्रकट गर्नु भो त त्यसमा त 'नो कमेन्ट 'तर मान्छे हरुले यसलाई अली पचाइरहेका छैनन ।
तर यहि कुरा सबैलाई अचम्म लागेको छ । आखिर कसरी बन्छ उहाँको सहमतिय सरकार ? न उहाँलाई काग्रेस भित्र बाट समर्थन छ । न एमाले बाट माओवादीले त समर्थन गर्ने नै भएन आफ्नै सरकार ढालेर । यसरी कसैको समर्थन नभै कसरी बन्छ सहमतीको सरकार ? आखिर कसरी आयो देउवाजिमा यत्रो उत्साह ? आखिर एक जना हितैसीले उहाँलाई सोधेछ ।
-'हैन ए देउवाजी । तपाईंलाई ससैले समर्थन गरेका छैनन तैपनि तपाईं सहमतिय सरकारको प्रधान मन्त्री बन्छु भन्दै हुनुन्छ । आखिर कसरी सम्भव छ यो ?"
देउबाजीले अली चर्को स्वरमा भने -"किन छैन मलाइ समर्थन । लोकल समर्थन मात्र होईन संसारको समर्थन छ । "
ती हितैसीले सोधे - "कसरी प्राप्त भो तपौइलाई संसारको समर्थन ?'
देउवाजीले भन्नु भयो -"बिहे बाट"
बडा अचम्म मान्दै हितैसीले सोधे -" हँ ? कसरी ?"
देउबाजीले मुसुक्क हाँस्दै भन्नु भो -" मलाइ मेरि श्रीमती आरजु को समर्थन छ । उनी मेरो संसार हुन !"
No comments:
Post a Comment