‘बाहिर ननिस्क केटा हो’

Thursday, September 29, 2011

“ड्याङ्ग पडक्या छ”
सापले भने
“क्या हा यो ?”
“त्यहि त साप”
जवानले भने
“सातो लियो”
“झरियो बेला एकछिन आनन्दले सुतौ भनेको”
हल्दार सापले आँखा मिच्दै भने
“दिएनन सिल्ली हर्ले”
“आँखा मात्र के लाग्न लाग्या थो झसँगै पार्दिए”
“त्यही त भन्याँ”
चौकिदारले भने
“ड्युटीमा नी सुत्न पाइएन त्यसै जाने भयो दिन” थपे
“अनि विस्तारै पड्काउन पर्छ नी”
“हैन ए केटा हो ”
सापले भने
“लास्टै पड्क्यो नि त हौ -”
आप\mनो कान तान्दै बोले
“कानै र्टुइय गरी रा’छ”
थपे
“म मा यो दारुको कमाल हो कि तिमलाई नि भै रा’छ -”
“कहा र साप मेरो त मुटु नै हल्लि रा’छ” असइ सापले भने
“अस्तिको भुइचालो को प्रभाव हो कि आजको पडकाइको प्रभाव -”
“भुइचालोको प्रभाव हैन”
सापले भने
“आजको पडकाइ कै हुनुपर्छ ।”
थपे
“तर ए केटा हो – पड्किन चै के पड्क्यो – भनाओ त -”
“साप”
एक जवानले भने
“पक्कै पनि जिब्रो पड्काएका होलान त्रिचन्द्रका केटाहरुले”
थपे
“बाटामा च्वाक हर्लाई देखेर”
“धत कहा आउछ यत्रो आवाज”
अर्का जवानले भने
“जावो जिब्रो पड्काउदा”
“त्यही त”
हल्दारसापले भने
“बरु गाला पड्काए होलान, जिब्रो पड्काउनेको”
“त्यसो हैन”
असइ सापले भने
“दशैं आउन लाग्या बेला छ । कुन चाहिले नयाँ हात्तिछाप चप्पल लगाएर हिड्यो होला” थपे
“चप्पल पड्केको हेला”
“ए केटा हो”
साप अलि कड्किए
“तिमरु कति उत्पट्याङ कुरा मात्र गर्र्छौ हँ आफ्नै छेउमा भा घटना यसो बुझनु परेन -”
अह्राए “लौ रेडियो खोल त सञ्चार सुन्नु पर्‍यो”
‘घन्टाघरमा गोली चल्यो’
समाचारले भन्यो
‘एकको मृत्यु’
“लौ खतरा छ केटा हो”
सापले भने
“हाम्रै छेउमा गोली चलेछ,
हामीलाई समेत असुरक्षा भयो अब”
(एक छिनको मौनतापछि)
“एक्लै दुक्लै बाहिर कोही ननिस्कनु केटा हो”
सापले आदेश दिए
“अपराधीले गोली चलाउन सक्छ ज्यान जान सक्छ ।”
 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका