प्रधानमन्त्री को परिक्षा

Saturday, July 9, 2011

एउटा खर्दारकै जागिर खान पनि लोकसेवा आयोगमा जाँच दिनुपर्छ । रातभर लगाएर सामान्य ज्ञान पढनु पर्छ । तिथिमिति कण्ठ पार्नुपर्छ । एउटा विद्यार्थी कै कुरा गरौ उ ठूलो मान्छे हुने क्रममा जीवनमा कयौं परिक्षाको सामना गर्छ । तर देशको ठूलो र र्सवाधिक आकर्षाको पद प्रधानमन्त्री बन्न कुनै लिखित परिक्षा दिनुपर्ने प्रावधान छैन । साच्चै प्रधानमन्त्रीको परिक्षा गर्ने हो भने त्यसको प्रश्न पत्र कस्तो होला – त्यो पक्कै पनि यस्तो हुनुपर्छ ।
विषय प्रधानमन्त्री
पूर्णाक ६०१
उत्तीर्णाक ३०१
सबै प्रश्नहरु अनिवार्य छन् ।
१. प्रधानमन्त्रीको परिभाषा दिनुहोस । यसले देश, जनता, तपाईको व्यक्तिगत जीवन, परिवार तथा नातागोताको जीवनमा कस्तो परिवर्तन आउछ विवेचनात्मक उत्तर दिनुहोस ।
२. प्रंधानमन्त्री बन्नका निमित तपाईले पार्टीभित्र र बाहिर गर्नुपरेको संर्घषबारे उल्लेख गर्दै काइदाको भाषण लेख्नोस् ।
३. सहमतिको सरकार र बहुमतीय सरकार, आफू प्रधानमन्त्री हुँदाको अवस्था र अर्को प्रधानमन्त्री हुँदाको अवस्था बीच फरक छुट्याउनु होस् ।
४. इतिहासमा प्रधानमन्त्री बन्नका लागि भएका उल्लेखनीय अभ्यास, प्रयत्न र जमर्को बारे चर्चा गर्नुहोस ।
५. असफलता नै सफलताको जननी हो कृष्णप्रसाद भट्टर्राई र माधव नेपालको उदाहरण दिएर सम्झाउँदै रामचन्द्र पौडेललाई एउटा चिठी लेख्नुहोस ।
६. सप्रसंग व्याख्या गर्नुहोस् ।
क. को हो त्यो रुक्मांग कटुवाल -
ख. एमालेका कार्यकर्ताको टाउको माटाका हाडी होइन ताकि उनीहरुलाई रहर लाग्दैमा पट्टि बाधेर हाडी फुर्टाई खेलुन ।
ग. स्याबास महेश बस्नेत
घ. हत्यार खोलाले बगायो
७. सपथ खाने तरिका बारे छोटकरीमा लेख्नु होस । प्रधानमन्त्री चुनिएर शपथ खान जाँदै गरेको अवस्थाको कल्पना गर्दै एउटा मनोबाद लेख्नुहोस ।
८. मानिलिउँ तपाई इतिहासको त्यस्तो काल खण्डमा हुनुहुन्छ जहा महाराजले शासन सत्ता आफ्नो हातमा लिइबक्सेर प्रधानमन्त्रीका लागि स्वच्छ छविको व्यक्तिबाट दरखास्त आह्वान गरे । अब त्यो पद आफैलाई दिन बिन्ति गर्दै आफू स्वच्छ छविको भएको दुइ चारोटा उदाहरण पेस गर्दै नेपाली शैलीमा बिन्तिपत्र लेख्नुहोस ।
९. राजीनामा र भुताहा सिनेमा बीच गोटा पाँचेक समानता र गोटा पाँचेक भिन्नता लेख्नुहोस । ‘मत कुर्सी छोडिदिन्थे नि कुर्सिले नै मलाई छोडदैन’ भन्दै विपक्षीको नाममा पत्र लेख्नु होस ।
१०. रिबन काटने, पानस बाल्ने तथा आफन्त भर्ती कला बारे एक दुइ अनुच्छेद लेख्नुहोस ।
११. तलका मध्ये कुनै दुइ विषयमा हास्य निबन्ध लेख्नुहोस ।
क. राष्ट्रिय सहमति
२. सत्तरी वर्ष युवा नेता
३. गौरवशाली पार्टी. अर्जुन दृष्टि
५. विदेशी प्रभु

2 comments:

Bipin said...

सपथ खाने तरिका बारे छोटकरीमा लेख्नु होस । प्रधानमन्त्री चुनिएर शपथ खान जाँदै गरेको अवस्थाको कल्पना गर्दै एउटा मनोबाद लेख्नुहोस ।


khi khit khit.....khatra

mskhanal said...

राम्रो पारिकल्पना। यो प्रश्न मा हाम्रा धेरै नेता बिसिस्ट श्रेणी मा उतिर्ण हुन्छन

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका