सारा सामान प्याक गरेर गाडीमा प्याक गर्दै गरेको एकजना भलादमीलाई मैले सोधे ।
“डेरा र्सर्ने सुरसार हो”
भलादमीले जवाफ दिए ।
“किन र्सर्दै हुनुहुन्छ त टोल त राम्रै थियो, सुरक्षित थियो । बत्ति पानीको व्यवस्था पनि राम्रो थियो । फेरि तपैलाई कार्यालय नजिक, केटाकेटीलाई पढ्न राम्रो स्कुल नजिकै” मैले सोधे ।
“सुविधा त राम्रै थियो भाइ तर सगतै राम्रो भएन ।”
भलादमीले भने ।
“तर तपाईको टोलमा त सबै भि आइ पी मान्छेहरु बस्थे होइन र ? कसरी नराम्रो भयो संगत -”
मैले सोधे ।
भलादमीले भने-
“अरु त ठीकै थिए तर मेरो टोलमा सभासद पनि बस्न थाल्यो । फेरि सभासदका छोराछोरी पनि मेरै बच्चा पढेको स्कुलमा पढन थाले । त्यस्ताको छोराछोरीको संगतले बच्चाहरु ब्रि्रलान भन्ने डर लाग्यो । फेरि अरुको अगाडि पनि कसरी भन्नु म सभासदको छिमेकी भनेर – लाजै मर्दो कुरा ।”
“ए के गरेको -”
कुटाकुट गरिरहेका २ केटाहरुलाई मैले सोधे “यसलाई म त्यसै छोडदिन ।”
अलि झगेडी जस्तो देखिने केटाले पाखुरा र्सुकदै भन्यो ।
“किन र भाइ -”
मैले सोधे ।
“यो सालेले मलाई मुख छाडयो ।”
उसले भन्यो ।
“तिमी साले र काले भन्दै छौ हैन के मुख मुख छाडयो उसले -”
मैले सोधे ।
“यस गधाले मलाई सभासद भन्यो” केटाले जंगेर अर्को केटालाई मुक्का बजार्यो ।
“ऐया नी, त सभासद नै हौ होस सभासद, सभासद ,सभासद लजा त ।”
त्यसपछि केटाहरु फेरि कुटाकुट गर्न थाले ।
“ओहो, यत्रो परिवर्तन -”
चौबिसै घन्टा फिलिली हुने टोलको नामुद जड्याहाले रक्सि छाडेर दूध पिउदै गरेको देखेर अचम्म मान्दै मैले सोधे ।
“समयले मान्छेलाई परिवर्तन गराउदो रहेछ बाध्यता र बिवसतामा परेपछि यस्तै हुदो रहेछ ।”
आफ्नो भटि दर्शन छाट्दै जड्याहाले भन्यो ।
“के पर्यो हौ त्यस्तो बाध्यता -”
मैले सोधे ।
“यहा इज्जतमा प्रश्न चिन्ह खडा भयो । लाजमर्दो स्थितिको सिर्जना भयो । जड्याहाको सम्मानित पहिचान नै गुम्ने डर भयो ।”
उसले भन्यो ।
“जड्याहाको सम्मानित पहिचान — ओहोहो – अनि कसरी गुम्ने डर भयो नि -”
मैले सोधे ।
“सभासदहरुले पनि जाड रक्सि खाएर होहल्ला गर्दै हिंडेपछि हामी जड्याहाहरुको सम्मानित पहिचान गुम्ने खतरा भएन -”
जड्याहाले भन्यो ।
मैले सोधे “कसरी नि -”
जड्याहाले भन्यो- “जब म रक्सि खाएर सडकमा बारी र पारी गर्दै फिलिलि भएर हिड्थे मलाई त अरुले सभासद ठानेर जिस्क्याउन थाले, अपमानित गर्न थाले, अब त चडकन हान्ला भन्ने डर भयो । लु तपाई नै भन्नोस त के मेरो इज्जत छैन र सभासद जस्तो भएर हिडौ – मेरो नातागोता छरछिमेकले के भन्लान – अनि मैले जाड रक्सि छाडिदिए ।”
यत्तिकैमा नजिकै एउटा मान्छे आएर उसलाई भन्यो- “हैन तपाईलाई अस्ति देख्दा त सभासद जस्तो लाग्याथ्यो अहिले त भलाद्मी, सभ्य जस्तो देखिनु भा’छ त -” उ रिसायो र चिच्याउदै भन्यो- “के रे के रे को सभासद – तेरा बाउ सभासद तेरी आमा सभासद तेरो दाजुभाइ काका, मामा तेरो सातपुस्ते सभासद ।”
No comments:
Post a Comment