किन टेरौं माधवलाई

Saturday, January 30, 2010

माधवले भनेको टेरिन्न, म उसलाई मान्दिन । उसलाई उसकै क्षेत्रका जनताले टेरेनन् । उसलाई उसकै क्षेत्रका जनताले मानेनन् । अब म कसरी मानौ उसलाई अब म कसरी कसरी टेरौ उसलाई – ति मूला झुत्रे झाम्रे जनताले नटेरेका मान्छेलाइ रक्षेमन्त्री जस्तो मान्छेले कसरी मान्नु, कसरी टर्ेर्नु – अचम्मका कुरा गर्छन् मान्छेहरु । मैले उसलाई मान्नु पर्ने रे । मैले उसैको निर्देशनमा चल्नु पर्ने रे । वाहियात ।
मलाई त त्यहि लडाकुहरुका पार्टर्ीी नेताले जस्तै कडि्कएर कराउ झै लागिरहेको छ । को हो त्यो माधव – भनेर । उनैले भनेको कुरा फेरी याद आउ“छ ‘खुट्टी देखेरै पत्याई-यो’ हाहाहा… त्यही खुट्टीवालले मलाई कार्वाही गर्ने रे यदि उसको निर्देशन नमानेमा-उसले भनेको अनुसार नचलेमा । थोडीमा म कठपुतली हु“ र – बरु उही हो, त्यसै भन्छन् अरु । विचरा माधव । विचरा सुइखुट्टे । मलाई उसैले कार्वाही गर्नेरे हा..हा..हा… । उसैले त के आ“ट पुर्‍याउ“थ्यो भन्न पनि यो । विचार गर्न पनि । अरुहरुले नै भनेका मलाई उसले कार्वाही गर्नु पर्‍यो । मलाई अरुहरुलाई पनि बिचरा भनेर चुक्चुकाउन मन लाग्छ । कत्रो आसा यो तिनको माधव माथि कठै ।
ए पिलन्धरे माधव । मलाई कार्वाही गर रे । गर्र्छौ – हा..हा..हा… सक्ने भए गर न त । विचरा फुकिढल । अनि अरु बदमासहरु कस्ता – खाली म माथि कार्वाही गर भन्या छन् । बिरालाको घा“टीमा मुसालाई घन्टी झुण्ड्याईदै भन्ने नि बजियाहरुको बदमासी हो कि मुर्ख्याई हो म केही बुझदिन । ति वेवकुफहरुलाई के थाहा मलाई कार्वाही गर्ने कल्पना गर्दा मात्रै पनि कति पटक सुरुवालमा सुसु गर्न पुगेर गायत्रीको कुचो खानु परेको ।
को हो त्यो माधव – कसले चिन्या छ उसलाई – मलाई त ओली कामरेडले चिन्नु हुन्छ । ओली कामरेडले चिनेर नै म रक्षामन्त्री भएको छु । एमाले भएपछि जनताले पत्याउने त कुरा आउ“दैन । त्यसैले एमालेमा जस जसलाई ओली कामरेडले पत्याउ“छ उसको फलिफाप । जसलाई पत्याउनु हुन्न उसको अफाप । उसको उठीवास । ओली कामरेडले नपत्याइदिए पछि के लाग्यो त्यो जनताले पत्याएको भन्ने झल्लु ख“दाल चुनावै जितेर पनि लुरुलुरु सडकमा हा..हा..हा… बरा । सारै विरक्ते छन् योग ध्यानमा लाग्या छन् । त्यो माधवलाई पनि ओली कामरेडले नै पत्याउनु भा’को भएर नै प्रधानमन्त्री भा’हो । तर कामरेड ओलीले उसलाई भन्दा मलाई पत्याउनु हुन्छ । त्यो कुरा उसलाई राम्ररी थाहा छ । त्यसैले जब म उट्पट्याङ, उत्पट्याङ गर्दिन्छु उसलाई सातो जान्छ । अरुले उसैलाई खोइरो खन्छन् र मलाई कार्वाही गर भन्छन् उसलाई ज्वरो आउ“छ ।
मदन बित्नु भो । मदनको अपुताली माधवले जिप्ट्यायो । मदनको राजनीतिक आयस्ता म भर्खर उपभोग गर्दैछु । उति बेला म उतिसारो राजनीति जान्थिन त्यसैले अपुताली उसले हात पार्‍यो । अहिले भा’को भए म दिन्न थे । मलाई सेतो साडीमा मोडलिङ गराएर खुब विज्ञापन गर्‍यो एमालेले । विज्ञापनबाट एमालेको व्यापार पनि सप्रियो । व्यापार सप्रिएरै एमाले ठूलो पार्टर्ीीन्यो । सत्ताको स्वाद पनि चाख्यो । मैले मोडलिङ गर्दा गर्दै राजनीति सिके । ओलीले मलाई सिकाउनु भयो । उनकै कृपाले म रक्षामन्त्री भए । यहा“ मोडलिङ गर्दा गर्दै नायिका बनेर निस्किएका धेरै छन् । तर म भिलेन भएर निस्किए । हा..हा..हा.. । त्यसो त राजनीति गर्नेहरु यहा“ नायक भन्दा भिलेन नै त भा’छन् नी ।
ओली कामरेडले भन्नु भा’छ यो सरकार संविधान नबनेसम्म टिक्छ अब बल्ल बल्ल मन्त्री बन्न पाइया छ । को हामी अब जेष्ठ १० सम्मको म्यादी मन्त्री हौ त – यसो भएन त्यसैले शान्ति प्रकृया लम्ब्याएर भएपनि सरकार लम्ब्याउनु पर्छ । त्यो लन्ठु माधव विशेष समितिमा कुरा मिलाई सकेछ । मैले प्याट्ट बोल्दिए उट्पट्याङ कुरा । कम्तिमा पनि एक साता भयो यस विषयमा तर्क वितर्क भएको । तर यो कुरा पनि सेलाउ“दै गयो । अर्को उट्पट्याङ कुरा गरौला । माधवले जेसुकै भनोस । आफ्नै मदनको आयस्ता खादैछु किन टेरौं त्यो माधवलाई -


  • Share/Bookmark

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका