खनाल योगीजी कि जय .....!!!

Saturday, January 23, 2010

कामरेड झलनाथ खनाल भारत पुगेर र्फकनु भा’छ । जब नेताजीहरु भारत तर्फलाग्छन् तब यहा“ अनेक खाले टिका टिप्पणीहरु हुने गर्दछन् । नेताजी किन भारत लागे – त्यहा“ गएर तिन्ले के गर्छन् – कसलाई भेट्छन् आदि इत्यादि । यस्तै प्रश्नहरुले यहा“ धेरैलाई जिज्ञासा छुटाउ“छ अझ सरकारमा बस्नेलाई त ज्वरै फुटाउछ । किनभने प्रश्नमा सबैको उत्तर हुन्छ स्वास्थ्य उपचार गर्न । के गर्ने भन्ने प्रश्नमा नेताजीको उत्तर हुन्छ, स्वास्थ्य लाभ । कसलाई भेट्ने भन्नेमा नेताजीको उत्तर हुन्छ- डाक्टरलाई । तर अरुले भने पत्याइ दिंदैनन् । भन्नेलाई त गाह्रो भएन भने पत्याउनेलाई किन गाह्रो – पत्याउनु नि । तर पत्याइ दिंदैनन् । खासमा भन्ने हो भने भारत गएर भेट्ने डाक्टरलाई नै हो । यहा“ हरुवै हरुवा भए जस्तै भारतमा डाक्टरै डाक्टरहरु छन् । यहा“ हरुवै प्रधानमन्त्री भए जस्तै भारतमा डाक्टरै प्रधानमन्त्री छन् । त्यसैले कोही विशुद्ध स्वास्थ्य उपचारका लागि जाउन वा कोही राजनीतिक भेटघाटकै लागि किन नजाउन भेट्न डाक्टरलाई नै हो ।
अब डाक्टर साक्टरका लम्वेतान कुरा छोडौं । यसपाली पनि चर्चा चल्यो खनाल किन भारत गए – खनाल भारत जा“दै गर्दा चर्चा चलिहाल्यो । प्रश्नका ओइरो लागे खनालमाथि ‘भारत किन जाने – कसलाई भेट्ने – गएर के गर्ने -’ आदि इत्यादि । उनले पनि अघि अघि जस्तै रेडिमेड उत्तर दिए – “स्वास्थ्यमा अलि गडबड आयो त्यसैले स्वास्थ्य उपचार गर्न भारत तिर ।” सोध्नेहरु निराश भए यसपाली पनि । यसरी मानिसहरु निराश भएको देखेर कामरेड खनाललाई पनि नया“ कुरा गर्दिम जस्तो लागेछ क्यारे उहा“ले भन्नु भयो- ‘धेरै दिन भो योग गर्न नपा’को । गएर योगी रामदेवलाई भेटिन्छ । मज्जाले योग गरिन्छ । रोग निको पारिन्छ । अनि घर फर्किइन्छ ।’ सायद सोध्नेले पनि यस्तै नया“ उत्तरको अपेक्षा गरेका थिए नया“ नेपालमा तर उनीहरुले नया“ उत्तर पाए पनि प्रतिकृया भने अघि झै पुरानो रेडिमेड दिए ‘नपत्याएर’ । चर्चा चलाउने र सोध्नेहरुले शंका गरि नै रहे । कामरेड खनालको सत्य कुरा प्रति विश्वस्त हुन सकेनन । त्यसैले उहा“को सत्य तथ्य कुरा प्रति म विश्वस्त बनाउन खोज्दैछु ।
कामरेड खनाल योग गर्न भारत जानु भा’को भन्ने कुरा एकदमै सत्य छ । योग गर्न नसकेरै एमाले माथि र उहा“ माथि थुप्रै समस्याहरु आईरहेको छ । यिनै समस्या बारे रियलाइज भएको हुनु पर्छ कामरेड खनाललाई अनि योगको आवश्यकता महसुस गरेको हुनर्पर्छ । त्यसो त जानेर वा नजानेर एमाले नेताहरुले विभिन्न योग गरी रहनु भएको छ । योगका विभिन्न आसनहरु हुन्छन् । भिन्न भिन्न नेताहरु अहिले भिन्न भिन्न आसनमा बसि योगाभ्यास गरी रहनु भएको छ । कामरेड नेपाल अहिले सिहासनमा बसेर योगाभ्यास गरी रहनु भएको छ । कामरेड ओली अध्यक्ष कामरेडस“ग टेढिएर हलासनमा योगाभ्यास गरी रहनु भएको छ । यता कामरेड खनाल चुनाव जितेर पनि पद्मासनमा योगाभ्यास गरी रहनु भएको छ । अनि कसरी सञ्चो हुनु – अनि कसरी स्वास्थ्य ठिक हुनु – त्यसैले रामदेवस“गै योग सिकेर आफु सिहासनमा पुगेर ओली र नेपाललाई पद्मासनमा योग गराउनु पर्छ कामरेड खनालले । होइन भने आफ्नो भूमिका खुम्च्याउदै गएर उहा“को राजनीतिक जिवन नै ‘सवासन’ मा पुर्‍याई दिन के बेर । त्यसैले सिहासनमा बसेर गरिने योगाभ्यास सिक्न उनि रामदेव भेट्न भारत गएका हुन् ।
योगको अर्थ हो जोड्नु । जोड्नुलाई अंग्रेजीमा याड गर्नु भनिन्छ । साच्चै भन्नु पर्दा एमालेमा अहिले योग अर्थात जोर्डाई छैन । अध्यक्ष कामरेडले नेता कार्यकर्ताहरुलाई आपसमा जोडेर एक जुट बनाउन सकिरहनु भएको छैन । कोही नेता कता फर्केका छन् कोही कता फर्केका छन् । अनी कार्यकर्ताहरु पनि ति नेताहरुकै पछि दगुरेर एकौटा गुटमा सामेल भएर पार्टी एकिक्रितरुपमा अघि बढ्न सकिरहेको छैन । त्यसैले अध्यक्ष कामरेड रामदेवस“ग योग सिकेर पार्टीलाई भावनात्मक तथा सांगठनिक रुपमा योग गरेर एकजुट रुपमा अघि लैजान चाहन्छन् । त्यसैले उहा“ योगै सिक्न भारत जानु भएको हो ।
योगीहरु भन्दछन्- योगले शरीर र आत्मालाई जोड्ने काम गर्दछ । कामरेड माधव नेपालले भन्नु भा’छ – एमालेका कोही कोही नेताको शरीर बल्खुमा भएता पनि आत्मा चाही पेरिस डा“डामा छ । यस्ता मान्छे उतै गए हुन्छ । तर अध्यक्ष कामरेड भने आफ्नो पर्टिका मान्छे अन्त पठाउने पक्षमा हुनु हुन्न । तर शरीर एकतिर आत्मा एकतिर भएका मान्छे पर्टिमा भएपछि त बिजोगै हुन्छ । त्यसैले कामरेड खनाल योग सिकेर त्यो शरीर र आत्मा जोड्न चाहनु हुन्छ । त्यसैले उहा“ भारत जानु भएको हो ।
कामरेड खनाल त्यागको कुरा खुब गर्नु हुन्छ । त्याग गर्नु पर्छ भनेर उहा“ले एकफेर पर्टिमा लिखित प्रस्तावै राख्नु भयो । उनि त्यागै त्याग गरेर पार्टरई जोगी बनाएर र्सवहाराको पार्टी लायक पार्टी बनाउन चाहनु हुन्थ्यो । तर अरुले पर्टिलाई जोगी बनाउने प्रस्तावको बिरोध गरे । अनि उहा“ले आफ्नो प्रस्तावै फिर्ता लिनु पर्‍यो । अहिले उहा“ पर्टिलाई जोगी बनाउन नसके पछि अब योगी बनाउन चाहनु हुन्छ । त्यसैले उहा“ योग सिक्न रामदेव कहा“ जानु भएको हो । त्यसपछि उहा“ नेपाल फर्किएर व्यापक योग प्रशिक्षण दिंदै पर्टि र पर्टिका कार्यकर्त सबैलाई योगी बनाउनु हुन्छ । मैले सुनेको यति गर्न नसके उहा“ राजनीति त्यागेर रामदेव जी जस्तै योगी बनेर योग सिकाएर बस्नु हुन्छ । त्यसपछि खनाल योगीजी कि जय ।
  • Share/Bookmark

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका