
होलिका यादहरु !!
Wednesday, February 29, 2012

केही बर्ष अगाडि उसले उनिलाई त्रिभुवन
विश्वबिद्यालय अगाडि भेट्दा उनी भिजेर करिब करिब निथ्रुक्क थिन । कपदा हरु जिउमा
टासिएका थिए । र कपालबाट तप्तप्ती पानी चुहिरहेका थिए । उसले तलदेखी माथि सम्म
उसलाई नियाल्यो । उनिले भनिन -"हेरन । बाटोमा आउँदा लोलाले हानेर यस्तो
गराइदिए । थाहा छ? कस्तो जाडो भइरहेको छ । कस्तो गाह्रो भाईरहेको
छ । उस्ले काम्दै रुन्चे आवाजमा भनिन -" पानी पनि कस्तो फोहोर र गनाउने छ । मलाई त ज्वेरो
आउँला आउँला जस्तो भएको छ ।"
उसलाई साह्रै खिन्न लाग्यो । केही बोलेन ।
खल्ती बाट टाइटानिक प्रिन्ट भएको रुमाल निकायो । ज्याक-रोजको चुम्बन अन्कित
रुमालले उनिको अनुहार पुछिदियो । र भन्यो -"जाम चिया खाम !"त्यसपछु उ कहिल्यै लोला हान्दैन होलिमा । तर न त उसलाई आफुले पहिले पहिले आफुले लोला हानेकोमा पस्चताप छ । नत अहिले अरुले लोला हानेकोमा गुनासो छ !
जनताको लागी !!
हाम्रा देशका नेता हरु साह्रै त्यागी छन र
जनप्रेमी । उहा हरु जे गरे पनि हामी जनता कै लागि गर्नुहुन्छ । उहा हरु खानु हुन्छ
जनताकै लागि । बस्नुहुन्छ जनताकै लागि सुत्नु हुन्छ जनताकै लागि उठ्नुहुन्छ
जनाताकै लागि उठेर फेरी खानुहुन्छ जनताकै लागि । उहा हरुका निम्ती ब्यक्तिगत भन्ने
कमै हुन्न सबै जनताकै लागि हुन्छ । हाम्रा कती नेता हरु सत्ता कब्जाको सपना देख्छन
जनताकै लागी । जनताको घरजग्गा कब्जा गर्छन जनताकै लागि । आफ्ना साना माग पुरा गराउन सडकमा टायर बालेर
सासै फेर्न नसक्ने गरी उकुसमुकुस गराइदिन्छन जनताको लागि । दिनमै १४ -१५ घन्टा
लोडसेडिङ गर्छन जनताको लागि । यसरी हाम्रा नेता हरु दिनदिनै जनतालाई केही गर्न का
निम्ती सोचमग्न छन । उहाहरु जनताको लागि केही गर्न अहोरात्र खटिएका छन । तपाईं
सोध्नुहोला "हैन ए नेता ज्यु तपाईंले त खाना पनि बब्बाल खानुभो नि त ?" नेता ज्यु बाट पक्कै
जवाफ आउछ _'क्यार्नु
अब आफ्नो लागि भए त सानो एक प्लेट भए नि पुग्थ्यो । आफु त जनताको लागि खान्छु खाना
पनि । ति भोका नाङ्गा जनता हरुलाई सम्झन्छु झन झन बढी खान्छु । अब जनताको लागि पेट
भर्न परेपछी अली बढी त खाइन्छ नै । "
अझ नेताज्युको मुड रहेछ भने त थप्नु होला
-"खाना मात्र धेरै खानु भयो भन्नु होला ,त्यो हैन म त लुगा नि साह्रै बाक्ला र महगा लगाउछु । यि मेरो ज्याकेट
हेर्नोस न ठ्याक्कै एक कुरेत बाक्लो छ । यो कोट मात्र झन्डै एक लाख पर्या छ । के
गर्नु बाटोमा जाडाले लुगलुग काँपेका जनता हरु देख्छु । सितलहरले काठयाङ्रिएर मरेका
ति गरीब निमुखा जनता हरु सम्झन्छु । भक्कानु छुटेर आउछ । साह्रै भाबुक हुन्छु ।
मनले मान्दैन । लगाउछु बाक्ला र महगा कपडा हरु । अब त जाडो पनि हट्ने क्रममा छ
बाक्ला कपडाले अली गर्मी त भैहाल्छ नि तैपनी जनताको लागि हल्का गर्मी पनि सहनु
परेको परेको छ ।
विधा :
लेख / ब्यङ्य
ग्याँस उत्सव !!
Sunday, February 19, 2012
टिंङ टिंङ टिंङ !!
बिहान सबेरै फोन को घन्टी बजे पछि उसले अल्छिमान्दै सिरक बेड बाट उठ्यो । दुई पटक हाइ काट्यो । अनी दिक्क मान्दै अनुहार खुम्च्यायो र फोन उठायो ।
"हेल्लो !"
"हेलो गूड् मर्निङ "
फोन कर्ताले बडो स्फुर्तिका साथ् भयो ।
बिहान सबेरै फोन को घन्टी बजे पछि उसले अल्छिमान्दै सिरक बेड बाट उठ्यो । दुई पटक हाइ काट्यो । अनी दिक्क मान्दै अनुहार खुम्च्यायो र फोन उठायो ।
"हेल्लो !"
![]() |
"डिभि पर्यो ?"
"हैन"
"लभ पर्यो ?"
"हैन "
"अनी के भयो त ?
उसले सोध्यो
-"तेसो भए सराद्दे पार्टी हो की क्या हो?"
"त्यो पनि हैन "
|
"हेलो गूड् मर्निङ "
फोन कर्ताले बडो स्फुर्तिका साथ् भयो ।
" मलाइ चिनिस?"
"अह चिनिन !"
उसले भन्यो ।
" नाम प्लिज !"
"म नरेश क्या त । तेरो बाल्यकालको साथि !"
फोनकर्ताले भन्यो ।
"अब त चिनिस ?"
"ओहो नरेश तँ पो ?कस्तो चिन्नै मुस्किल परेको "
उसले भन्यो ।
"अनी यति धेरै पछि कताडि सम्झिस त ?"
"त्यस्तो खासै कारण त छैन । "
नरेशले भन्यो ।
विधा :
लेख / ब्यङ्य
हिरो !!
"सान्तिको
लागि यो हात सलाम छ ।
क्रान्तिको
लागि यो हात फलाम छ । "
प्रचन्ड
कामरेडले हात ठड्याउनु भो । अनी राजेश हमाल पोजमा एक्सन दिदै भन्नु भो ।
हेइ
! शंकर हो मेरो नाम शंकर !!"
"अरे
! केहो प्रचन्ड जि ?"
सुसिल
दादाले भन्नु भयो ।
"फेरी
जंगल पस्न लाग्नु भो कि क्या हो ?"
"हेइ
! के भन्नुन्छ तपाईं "
प्रचन्ड
कामरेडले उही पोज उही हाउभाउमा भन्नु भयो ।
विधा :
लेख / ब्यङ्य
इन्धनको मुल्य र उ !!
इन्धन को मुल्यमा ब्यापक बृदि को समाचारले
त्रस्त उसलाइ रित्तो सिलिन्डर ले घोक्र्याउदै भन्यो -"ओइ मलाइ देखिनस ? "
उसलाइ भन्यो -" देखिन लोडसेडिङ छ !"
सिलिन्डर ले भन्यो -"लोडसेडिङ भए उचालेर हेर , म रित्तिएको छु "
सिलिन्डर रित्तिएको सुनेर उसले तिरिमिरी देख्यो । र संसार फनन घुमेको महसुस भयो उसलाई जसरी आफ्नै हातमा आफैले उचालेको बोतल रित्तिदा हुन्छ । रित्तो सिलिन्डर उसको लागि संसारका को सबैभन्दा भयाबह बस्तु लाग्यो । र चिच्यायो -" गुहार !"
उसलाइ भन्यो -" देखिन लोडसेडिङ छ !"
सिलिन्डर ले भन्यो -"लोडसेडिङ भए उचालेर हेर , म रित्तिएको छु "
सिलिन्डर रित्तिएको सुनेर उसले तिरिमिरी देख्यो । र संसार फनन घुमेको महसुस भयो उसलाई जसरी आफ्नै हातमा आफैले उचालेको बोतल रित्तिदा हुन्छ । रित्तो सिलिन्डर उसको लागि संसारका को सबैभन्दा भयाबह बस्तु लाग्यो । र चिच्यायो -" गुहार !"
विधा :
लेख / ब्यङ्य
Subscribe to:
Posts (Atom)