प्रेमी प्रचण्ड

Wednesday, May 8, 2013


सारा मुलुक लोकमान नियुक्तीका पक्ष र विपक्षको ठेलमठेल र पाखुरा सुर्काइमा रुमलिरहदा कामरेड प्रचण्ड आफ्नै धुनमा मस्त छन | अरु लोकमान हुने र नहुने बीचको सिगौरी खेलाइको छटपटीमा थिए । 

कामरेड प्रचण्ड भने बिन्दाश मुडमा सुसेलीरहेका भेटिइन्छन । आफ्नै खुसीमा गदगद भएर एक्लै मुसुमुसु हास्दै हिड्ने अवस्थाका मान्छेलाई संसारको पिरले किन पो छुन्थ्यो र ? अरुलाई जस्तै कामरेड प्रचण्डलाई पिरहरुले छुनै छाड्यो ।

मन फुरुंग हुदै आकाशमा उड्न थाल्यो । फेरी बैंश फर्कियो उनको । टिनएज फेरी पुन:र्स्थापित भयो । आधिबेहेरीको सिजन आयो । उनलाई उडु कि गुडु लाग्न थाल्यो । उनलाई आकासै हेर्दा पनि मुस्कुराई रहन मन लाग्न थाल्यो ।

उडिरहेको पुतलीको पछिपछी कुद्न मन लाग्न थाल्यो । हात लम्काएर जुनतारा समाउसमाउ लाग्न थाल्यो । बिपना र सपनाको ककटेल भयो । उनी प्रेममा परे ।


आजकल कामरेड प्रचण्ड मधेश सँगको प्रेममा छन । केहि दिन अघी मात्र उहाले भासणमै "मेरो मधेश सँग लभ पर्यो" भनेर आफ्नो नयाँ अफेयर बारे खुलासा गरेका हुन । उनी अहिले मधेस सँग डेटिङमा छन ।

उनी मधेश मै उठ्ने रे | मधेशमै बस्ने रे | मधेशमै लड्ने रे | मधेशमै लडाउने रे पछारिने रे । मधेशमै जित्ने रे | मधेसमै हार्ने रे । 

यस्ता जस्ता उच्च प्रेम आदर्शका कुराले उनलाई यो मध्धे कलिजुगमा महान प्रेमीमा दर्ज्याएको छ । र रोमियो-जुलियट, लैला-मनजु जस्ता उच्च प्रेमकथाका बीच प्रचण्ड-मधेश प्रेम पनि लेखिने सम्भाबना बढेको छ ।

कामरेड प्रचण्ड बडा प्रेमी मान्छे हुन । उनी सँग प्रेमको निकै लामो अनुभव छ । उनको प्रेमबारे अनगिन्ती किम्बदन्ती र किस्साहरु पाइन्छन । उनको प्रेम गर्ने अर्थात लप पार्ने क्षमता अद्भुत छ ।

उनि जहाँ जहाँ जान्छन, त्यहाँ त्यहाँ उनको लप पर्छ । यस अगी उनी भारत गएका थिए । उनको एक नजरमै दिल्ली सँग लप पर्यो । प्रेमलाप मै उनले भनिदिए -" हामी बहुदलीय ब्यबस्था मान्छौ" भनेर ।

त्यस अघी उनी चिन गएका थिए । उनको बेइजिंग संग लप पर्यो । माओका अनुयायी माओ सँग त उनको पहिल्यै लप परेर उनी माओबादी बनेका ।


त्यतिबेला पार्टी महाधिबेशनको चटारो थियो । उनि सर्बोच्च अधालत अघिको बाटो गाडीमा हुइकिदै थिए । उनको आँखा सर्बोच्चका झ्यालमा पर्यो । झ्यालमा थिए खिरारे |  उनले झिमिक्क आँखा झिम्क्याए । झ्यालबाट खिरारेले रुमाल हल्लाए ।

त्यसपछी के चाहियो र ? उनको खिरारे सँग लप पर्यो । उनले तिनलाई सिंहदरबारको कुर्सी लिफ्ट दिए ।

एकदिन पार्टी कामको लागी जनकपुर जादै थिए । एक्कासी विमानस्थलमा सुसिलदा सँग आखा जुध्यो । अनि ठामको ठाम लप पर्यो । उनले तिनलाई आफ्नो चार्टर्ड पिलेनमा लिफ्ट दिए ।

एकताका उनको जनयुद्द सँग लप परेको थियो । पछी तिनको धनायुद्द सँग लप पर्यो । 

एकताका उनको क्रान्ती संग लप परेको थियो । पछी शान्ती हुदै भ्रान्ती सँग लभ पर्यो । भ्रान्ती सँग लप परेसी उनको मन बाट क्रान्ती पुरै हरायो संगै उनको कान्ती पनि हरायो ।

यसरी बडा प्रेमी रुपमा देखा पर्दै आएका कामरेड प्रचण्डका प्रेमिका फेरिरहने प्रेमजीवन देख्दा संका लाग्छ - उनी प्रचण्डपथ छाडेर प्रकाशपथ तिर लागे कि क्या हो ?

2 comments:

said...

आमा सब्द्को उपहास गर्ने नेताहरुको लागी प्रेम को परिभाषा यो भन्दा उपयुक्त अरु के नै हुन्थ्यो होला, आहा गज्जप छ :)

Nepali Caricature said...

धन्यबाद ज्योति :)

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका