नागरिक सर्बोच्चताको खोजी

Thursday, December 24, 2009

अकबर र बिरबलको एउटा कथा थियो । जहाँ अकबरले बिरबललाई १० जना मुर्ख खोजेर ल्याउन आधेश दिएका थिए । मुर्खको खोजिमा रहेका बिरबलले एउटा गजबको मानीस देख्छन जो केही खोजिरहेको हुन्छ बिरबलले सहयोग गर्ने बिचार ले सोद्छन-" हराएको कहाँ हो ?" त्यो मानीसले भन्छ - "हराएको त पर हो तर त्यता आध्यारो भएर यता खोज्न आएको ।"
पाँच छ महिना अगाडि काठमाडौं बाट नागरिक सर्बोच्चता हरायो । अनी माओवादीले आन्दोलन, हड्ताल, नाचगान गरेर नागरिक सर्बोच्चता धुइपत्ता खोजे तर फेला पार्न सकेनन । अस्ती मात्र प्रचन्ड कामरेड ले भाषण ठोक्नुभो - "नागरिक सर्बोच्चताको बार्ता अब सिधै भारत सग हुन्छ ।" यसको मतलव हो अब नागरिक सर्बोच्चता भारत मा खोजिन्छ ।

हराएको नागरिक सर्बोच्चता  अझै भेटिएको छैन । यहाँ दिननुदिन लोडसेडिङ बढेर अन्धकार छाउदै छ । उता दिल्ली झलमल्ल छ । त्यसैले काठमाडौंको अध्यारोमा हराएको नागरिक
सर्बोच्चता दिल्ली मा खोजिने भयो । बाठा हुन प्रचन्ड । हैन प्रतिभा पाटेलका बिरबल कहाँ छन हँ?

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका