गभर्नर भन्दा गभर्मेन्ट सजिलो
Saturday, March 27, 2010
“उफ यो त सारै गाह्रो रै छ ।” प्रधानमनत्रीज्यूले खुइय काड्नु भो ।
“धत्तेरी मानै जाला जस्तो भो” टोपी फुकालेर पसिना पुछ्नु भो र भन्नु भो- “सारै गारो भो ।”
एउटा जोक्स थियो जहा एउटी किशोरी एसेल्सीमा तिनचार पल्ट बल्याङ खेलिछ । पटकौ को प्रयास पछि बल्ल बल्ल पास भएपछि घरमा बाबुलाई सुनाउ“थी अरे- “ड्याडी ड्याडी । यो एसेल्सी पास गर्न त छोरा पाउन भन्दा नी गाह्रो रै’छ ।” उहाँले सम्झनु भो र हाँस्नु भो । एक गिलास र्सवत पानी रित्याउनु भो र भन्नु भो- “गायत्री, यो गभर्नर बनाउन गभर्मेन्ट बनाउन भन्दा पनि गाह्रो रै’छ ।”
“वर्तमान परिपेक्षमा राष्ट्र बैंकलाई गभर्नर आवश्यक थियो । आफ्नै नेतृत्वमा गभर्मेन्ट भा’को, आफ्नै गभर्मेन्टले गभर्नर छान्ने मौका पा’को । एक पाला त म झुक्किए यो गभर्नर भनेको त गभर्मेन्ट चलाउने मान्छे होला गभर्मेन्ट चलाउने मान्छे म छँदा छँदै किन अर्को खोजियो । यसो सोचे म त गभर्मेन्टमा पो भए त गभर्मेन्ट चलाउने त अर्को हुन्छ होला नी त । फेरी गभर्मेन्ट मै म भएपछि गभर्मेन्ट चलाउने पनि त मै हुन्थे नि किन अर्को खोज्नु पथ्र्यो – खोजे नी ठिकै छ गभर्नर पनि मै भैदिन्छु । म दौरा सुरुवाल आइरन गर्न तम्सिए । तर कुरा पछि पो थाहा भयो गभर्नर भनेको त गभर्मेन्ट चलाउने नभएर बैंक चलाउने पो रहेछ । हत्तेरी क्या हुस्सु भइएछ । ठिकै छ बैंक चलाउने गभर्नर चाइयो त ठिकै छ । यसै कतै बरालिइ रहेको भाई भतिजालाई बनाइ दिउँला” उहाँले सोच्नु भयो र खोज्न थाल्नु भयो भाइ भतिजाहरु । “उफ ।” उहाँ थाक्नु भो कारण भाई भतिजा त कोही बाँकी नै पो रहेनछन् । कोहीलाई कता कोहीलाई कता भर्ति गर्दा गर्दा भाइ भतिजा सकिएछन् । यस्तो बेलालाई स्टक राख्नै विर्सनु भयो ।
“भन्ने बेलामा अर्थमन्त्रीले नै बनाउन सक्ने गभर्नरले गर्दा अहिले आफ्नै ज्वरो फुटायो । ‘बाफरे’ आफुले खत्यौडा कामरेडलाई बनाउन खोजियो । उनले मल्लिकलाई बनाउन खोजे” उहाँले सम्झनु भयो- “मल्लिकलाई नबनाए आफैलाई ढलाउन खोजे ।” न त गाडी दिएर हुन्छ न त भेतेरै ख्वाएर हुन्छ । उनले छोड्दै छोडेनन् । पाएको छोडि हाल्ने आफु पनि परिएन । गभर्नरको केसमा गभर्मेन्ट मै भुइचालो जान थाल्यो । धक्काले आफै सिथिल भइयो लाग्थ्यो ढलि हाल्छु क्या हो – ‘तर ढलिएन’ उहाँ मुस्कुराउनु भयो । जहाँ आफु लिसो जसरी टाँसिएको छ त्यहाँबाट कसरी ढलिन्थ्यो । आखिर तिनरु नै थाके । अनि गभर्नर हाम्रै कामरेडलाई बनाइयो । आखिर आफैले जितियो । जित त्यहि पनि आफ्नै सम्झदा पनि क्या काउकुती लागेर आउँछ ।” उहाँ मुस्कुराउनु भयो । मैले मात्रै थोडी हार्ने ठेक्का लिया छु र – चुनाउमा हारियो हारियो क्याविनेटमा पनि लास्टै हारियो मन्त्रीहरुस“ग । आफ्नो कुरा कहिल्यै नहुने खाली उनकै कुरा हुने । आफुले भनेको उनले नटेर्ने खाली मैले नै टेर्नु पर्ने । जेहोस यसपाला आफैले जितियो गभर्नर हाम्रै कामरेडलाई बनाइयो । घटना ऐतिहासिकै भयो । यस पाला आफैले जितियो । जित्न के विधि गाह्रो । हार्न त सजिलै हुन्थ्यो । हारेर पनि सजिलै गभर्मेन्ट बनाइयाथ्यो । सरकार आफै ढल्दियो त्यसपछि संख्या अरुले नै पुर्याइ दिए । सभाषद पनि अरुकै आग्रहमा बनेको छँदै थिए । आखिरमा ख्यालख्यालमै गभर्मेन्ट बनाइयो तर गभर्नर बनाउन त लास्टै गाह्रो भयो । झण्डै बनी सकेको गभर्नर पनि उडेको ।
(बिश्वदीप साप्ताहिक मा प्रकाशित )

विधा :
लेख / ब्यङ्य
नेपाल त नयाँ भइसक्यो ।
Monday, March 22, 2010
पृथ्वी तलको यो नेपाल भन्ने मुलुकमा नयाँ नेपाल, नयाँ नेपाल भनेर सुनिन थालेको धेरै भएको छ । विगत दुई तिन वर्षदेखि यता अहिलेसम्म नयाँ नेपाल नयाँ नेपाल भनेर फलाकेको फलाकिएकै छ र गजपै मान्नु पर्छ नयाँ नेपालका लक्षणहरु धमाधम देखिन थालेका छन् ।
पैले-पैले नयाँ नेपाल बन्ने भन्ने कुरा सुन्दा खुब रमाइलो लाग्याथ्यो । मख्ख परियाथ्यो- ‘लौ अब केही हुने भयो ।’ हाम्रो चिरिफुरी र फर्याक फुरुक देखेर हामीलाई उल्याउनेहरु पनि थिए । ‘नापियो नयाँ नेपाल भनेर ।’ नयाँ नेपाल बन्नेभो तिनीहरुलाई पत्यार थिएन । तिनीहरुको विचारमा नयाँ नेपाल बन्नु भनेको चमत्कार हुनु थियो । चमत्कारमा तिनीहरुलाई विश्वास थिएन तर विश्वास नगरेर के भो आखिर नयाँ नेपाल आई छाड्यो । चमत्कार भई छाड्यो । तर नयाँ नेपाल बन्छ भन्दा अचम्म मान्नेहरु अहिले नयाँ नेपाल बनिसक्दा अचम्भित हुन छाडे । पैला नयाँ नेपाल बन्दैन भन्दा चाहि अचम्म मान्ने हामीहरु अहिले नयाँ नेपाल बनेको देखेर चाही अचम्मित छौ ।
थुइक्क । कति सम्मको सोझो भइएछ । हुने भन्दा ठिक्क उल्टो भयो । जेहोस् हुनलाई भयो । नयाँ नेपाल नै भयो तर देख्दा अचम्म भयो । जेहोस् नयाँ नेपाल चाही भयो । अब खिस्सी गरेर खै तेरो नयाँ नेपाल आयो भनेर सोध्नेलाई नाक भाचिने गरी मुख लोपार्ने ठाउ भयो । अचम्मै लाग्ने गरी नयाँ नेपाल आयो आयो दिक्क लाग्ने गरी आए पनि नयाँ नेपाल आएको छ अचम्म लाग्ने गरी आए पनि ‘खै त आयो -’ भन्नेका लागि मुखमा बुझो लाउने ठाउ भएको छ ।
तपै भन्नु होला, के हावा कुरा गरेको – खै कहा“ आयो नयाँ नेपाल – धारामा पानी छैन, चिममा बिजुली छैन, जनतालाई सुरक्षा छैन, बजारमा उपभोग्य सामान छैन । “कसरी आयो नयाँ नेपाल -” कुरा यस्तो होइन धारामा पानी आउनै पर्ने हो । धारा बनाएकै पानी आउनलाई हो यदि धाराबाट ध्वार्रर पानी आयो भने त त्यो कसरी नयाँ भयो र – धारामा पानी नआएर हावा आएको त्यो नयाँ भयो त । अहिले धाराबाट पानी आउनु पर्नेमा हावा आईरहेको छ । हावा भनेको ग्यास हो सिलिन्डरमा आउनु पर्ने ग्यास धाराबाट आएपछि त्यो नयाँ भयो कि भएन – भन्नु होला तर यसमा प्रगति के त – यसमा ठुलो प्रगति भएको छ । बिकसित देशमा ग्यासहरु पाइप लाइनबाट वितरण गरिन्छ । हाम्रो देशमा पनि ग्यास पाइप लाइनबाट वितरण हुन थालेपछि यो प्रगति भएन त -
स्वीच खोल्ना साथ पिलिक्क बत्ति बल्छ भने त त्यो के नयाँ भयो र – स्वीच खोल्दा बत्ति बल्ने कुरा त पुरानो भइसक्यो अहिले । नयाँ कुरा त स्वीच खोल्दा पनि बत्ति नबल्नु चाही हो । अहिले त्यही भइरहेको छ । भन्नु होला प्रगति चाही के त यसमा – लामो लोड सेडिङले विद्युत खपत घट्छ र विद्युत खपत घटेपछि विद्युत महसुल पनि घट्छ । विद्युत महसुल घटेपछि जनताको खर्च गर्ने पैसा जोगिन्छ । पैसा जोगाएर बचत गर्न सकिन्छ । बचत गरेको पैसा लगानी गर्न सकिन्छ । लगानी गरेर नाफा कमाउन सकिन्छ नाफा कमाएपछि आर्थिक क्रान्ति हुन्छ ।
गोजीमा पैसा हालेर बजार गएपछि सबैकुरा पाइन्छ भन्ने पुरानो कुरा हो । पैसा तिरेपछि खोजेको कुरा पाइनु त पुरानो कुरा भैहाल्यो नि । नयाँ कुरा त त्यो हो जबकी पैसा तिर्दा पनि बजारमा खोजेको कुरा नपाइयोस् । अझ बजारमा खोजेको केही कुरा नपाइनु बढी नयाँ कुरा हो । प्रगति के त – जबकी बजारमा पैसा तिर्दा पनि आवश्यकीय वस्तु नपाएर सास्ती बेहोर्छन् भने – प्रगती के भने अभाव र सास्तीमा बाचेका जनता जस्तोसुकै विपत्तीमा विचलित हुदैनन् । विपत्तिसग नडग्ने जनताहरु राष्ट्रका आधार हुन् ।
समयले गति लिदै जादा नयाँ नेपालले पनि आफ्ना लक्षणहरु देखाउ“दै जान थालेको छ । क्रान्तिकारी नेताले धर्मलाई ‘अफिमको नसा’ सम्म भन्नु कुनै नयाँ कुरा होइन । क्रान्तिकारी नेताले अन्धविश्वासको विरोध गर्दै हिड्नु कुनै नयाँ कुरा होइन । पुरानै हो । नयाँ नेपालमा पनि पुरानो कुरा गर्दै हिड्नु नयाँ नेपाल माथिको वेइमानी हो । नयाँ नेपाल नबन्ने र नबनाउने लक्षण हो क्रान्तिकारी नेताहरु अन्धविश्वासी हुनु चाही नयाँ हो । यहा नयाँ परिवर्तन स्पष्टै देखिएको छ । प्रमाण के छ भने हाम्रो देशको सबैभन्दा क्रान्तिकारी भन्दै आएको पार्टी अध्यक्षले भैसी पुजा गर्न थाल्नु भएको छ । नयाँ नेपाल बनेको यो जति भरपर्दो प्रमाण अरु के हुन सक्छ -
लोकतन्त्रमा निर्वाचितहरुले सरकार चलाउनु कुनै नयाँ होइन । जन पराजितहरुले सरकार चलाउनु नयाँ हो । त्यो नयाँपनको प्रयास पनि भइसकेको छ यहा । प्रयासका बाबजुत पनि हलुवामा बालुवा भने झै सत्ताको नेतृत्व गरेको दलबाट एउटा जितेको मान्छे पनि सरकारमा पुगेकोले नयाँ नदेखिएर धेरै रात न्रिरा परेको थिएन तर मादप कामरेडले त्यसको उपचार गर्दिएपछि आराम मिलेको छ । नयाँ नेपालबारे चौतर्फी आसंका बढ्दै गर्दा उहाले मुल जरै पकडिएर उपचार गर्दिए पछि । अब नयाँ नेपाल बनेकोमा ढुक्क भएको छ । दिनहु हत्या हुनु राजधानीमै दिनदहाडै गोली ठोकि मारिदा गृहमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनु कुनै नयाँ कुरा होइन । नयाँ कुरा त लाजै पचाएर कुर्सीमा टासिरहनु हो र बेसरम दोष अर्काको टाउकोमा थुपर्नु र शान्ति सुरक्षा दुरुस्त छ भनेर गफ पेलिरहनु हो र यस्तै भइरहदा लाग्छ नेपाल त नयाँ भइसक्यो ।
विधा :
लेख / ब्यङ्य
Subscribe to:
Posts (Atom)